मोरङ २९ वैशाख । मोरङको सोराभाग–९ स्थित विराट पोल्ट्री फर्मबाट निस्केको दुर्गन्ध र झिंगाबाट पिडित भएका स्थानियवासीको रिले अनसन जारी राखेका छन् । दुर्गन्ध र झिंगाबाट पिडित भई संघर्ष समिति बनाएरै चरणवद्ध आन्दोलन थालेका स्थानियवासीले ज्ञापनपत्र, ¥याली, धर्नाको कार्यक्रम गर्दै रिले अनसन थालेका हुन् ।
जिल्ला प्रशासन कार्यालय मोरङले विभिन्न समयमा स्थानियवासी र सरोकारवालासँग छलफल गर्दै आएपनि केही निष्कर्ष निस्कन सकेको छैन । लामो समयदेखि आन्दोलन गरेपछि प्रशासन कार्यालयले आज स्थानियवासी, विराट पोल्ट्री फार्मको वातावरण प्रदुषण तथा भिंmगा उन्मुलन संघर्ष समिति, उद्योगी, उद्योग संघका प्रतिनिधी लगायत अन्य सरोकारवालालाई बोलाएर वार्ता गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइराला सहित बसेको वार्ता कुनै निस्कर्ष निस्कन सकेन । दुवै पक्षले आ–आफनो अडना नछाडेपछि वार्ता विस्कर्षविहिन भएको हो । वार्तामा स्थानियवासी र संघर्ष समितिको एकमात्र एक सुत्रिय माग जसरी भएपनि उद्योग हटाउनु पर्ने अड्डान राखेका थिए ।
उनीहरुले उद्योगलाई ४–४ वर्षदेखि निरन्तर रुपमा दुर्गन्ध र झिंगाको समस्याको समाधान गर्न विभिन्न मिति र समयमा वार्ता र सहमित गर्दै आएपनि अहिलेसम्म केही नगर्दा वरपरका आधा दर्जन बढी गाउँ नै भिंmगा र दुर्गन्धको आतंक खेप्दै बस्न बाध्य भएकाले उद्योग हटाउनु पर्ने माग गरेका थिए ।
उद्योग सञ्चालकले भिंmगा र दुर्गन्धबाट गाउँमा परेको समस्याप्रति क्षमायचना गर्दै, अव तीन महिनाभित्र समस्या हल गर्ने बताउनु भयो । विज्ञ सहित अन्य प्राविधीक राखेर दुर्गन्ध र झिंगाको समस्या हल गर्ने भन्दै तीन महिना मात्रै समय दिन स्थानियवासीसँग उद्योगीले आग्रह गरेका थिए ।
त्यस अवधिमा कुनै हल नभए उद्योगलाई के गर्नु पर्ने या विस्थापित नै गर्नु परे पनि गर्न तयार रहेको उद्योगीहरुले बताएका थिए । प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाको समन्वयमा भएको कार्यक्रममा दुवै पक्षले एकले अर्कालाई आरोप प्रत्यारोप लगाउँदै वार्ता निस्कर्ष विहिन भएको थियो ।