विराटनगर, २० बैशाख / विराटनगर–१४ जतुवमा रहेको गुरुकुल माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई सरसफाई समाग्री वितरण गरिएको छ ।
रोटरी क्लव अफ विराटनगरको सहयोगमा स्कूलमा अध्ययरत २ सय ५० विद्यार्थीहरुलाई ब्रस, दन्त मञ्जन र हात धुने सावुन वितरण गरिएको हो । रोटरी क्लवका कार्यक्रम संयोजक सुरेन्द्र गोल्छा,अध्यक्ष शिवरतन जोशी, बेनीगोपाल मुन्दडा, जितेन्द्र राठी, धम्रेन्द्र अग्रवाल, जुगल लखोटिया, आनन्द सिह र गुरुकुल स्कुलका अध्यक्ष भिखमचन्द्र सरलले वितरण गरेका थिए ।