झिङ्गा आतङ्कको विरुद्ध आन्दोलन जारी, नियन्त्रण गर्न स्थानियको माग
पूर्वाञ्चल खबर
१८ बैशाख २०७४, सोमबार १९:१४
3
Shares
रबिन्द्र बराल
रंगेली, १८ बैशाख / मोरङको साविकको सोराभाग – ९ स्थित रहेको विराट पोल्ट्री फर्मको प्रदुषणको कारण भएको झिङ्गा आतङ्को विरुद्ध यहाँका स्थानियले आन्दोलन जारी राखेका छन् ।
झिङ्गा आतङ्कले गाउँमा हैजा फैलिन थालेपछी स्थानिय आन्दोलनमा उत्रिएका हुन् । स्थानियबासी उक्त पोल्ट्री फर्मकोे मुख्य गेटमा आज सोमबार दिनभरी धर्नामा बसेर आन्दोलनमा उत्रिए । १९ दिन अघिदेखि दैनिकी ८ घन्टा उद्योगमा धर्ना दिदै आएका छन् । उनीहरुले मानव अधिकार हनन् गर्न पाईदैन, झिङ्गा उधोग बन्द गर, संवैधानिक अधिकार हनन् गर्ने पाईदैन, स्वास्थ्यमा खेल वार्ड गर्न पाईदैन, हाम्रो मौलिक हकको सुनिश्चित गर, प्रहरी दबन बन्द गरलगायतको नारा लगउँदै दिनभरी फर्मको मुख्य गेटमा धर्नामा बसेका थिए ।
स्थापना कालमा ३ करोड ८० लाखमा मझौला उद्योगमा दर्ता गरेको र अन्डा बिक्री वितरण गर्नको लागि पशु सेवा केन्द्रबाट अनुमतिपत्र लिनु पर्ने भएता पनि हाल सम्म अनुमतिपत्र नलिकन अन्डा बिक्री वितरण गरिरहेको पाईएको छ ।
पोल्टि फर्मले कारोवारमा १९ करोड देखाएता पनि ठुलो उद्योगमा दर्ता नगरिएको र मझौला उद्योगमै कारोवार गरेको हो । सोमबार यस फार्ममा अनुगमन टोलीले अनुगमन गरेको छ । पशुपंक्षी विकास मन्त्रालयका डा.यूवक जिसिङ, डा. केशव प्रेमी, सह–सचिव डा. वंशी शर्मा सह–सचिव र क्षेत्रीय निर्देशक पूर्वाञ्लका डा. तेजबहादुर धिमाल, नेपाली काँग्रेसका मोदराज घिमिरे, एमालेका सन्तोष साह, स्थानीय लिलाराज खरेल बुद्धिजिवीहरुले पोल्टि फर्म र बेतौनाका स्थानीय बासिन्दाको घरहरुमा समेत गएर अनुगमन गरेका थिए ।