AArya
RUMPUM
animated ellipse animated ellipse

मुल्य बृद्धिको विरोध गर्दै विद्यार्थी संगठनहरुले जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ बैशाख २०७४, मंगलवार १७:४६
3
Shares
विराटनगर, १२ बैशाख / संस्थागत विद्यालयहरुको मुल्य बृद्धिको विरोध गर्दै तिन विद्यार्थी संगठनहरुले आज जिल्ला शिक्षा कार्यालयमा विराटनगरमा एक घण्टा तालाबन्दी गरेका छन् ।
नेविसंघ, अखिल क्रान्तीकारी र अनेरास्ववियुका विद्यार्थी नेताहरुले जिल्ला शिक्षा कार्यालयमा एक घण्टा धर्ना दिदै ताला बन्दी गरेका हुन् । दिउँसो एक बजे देखि २ बजे सम्म कार्यालयमा तालाबन्दी गरिँदा कार्यालयको काम प्रभावित भएको थियो । अभिभावकहरुको ढाड सेक्नेगरी कक्षा १ देखि १० सम्म मनोमानी ढंगले शुल्क बढाएको भन्दै विद्यार्थी संगठनहरु आन्दोलित भएका हुन् ।
शैक्षिक शत्र सुरु भएसंगै हरेक वर्ष विद्यार्थी संगठनहरु शुल्क बृद्धिका विरुद्धमा आन्दोलित हुन्छन् । तर त्यसको कुनै परिणाम भने आउँदैन । तर यस पटक भने त्यस्तो नहुने विराटनगरमा विद्यार्थी नेताहरुले बताएका छन् । उनिहरुले केन्द्रका नेता तथा संगठनहरु यो आन्दोलनबाट पछाडि हटेपनि आफुहरु शुल्क बृद्धि घटाएर मात्रै चुप लाग्ने बताए । उनीहरुले चर्को शुल्क लिने नीजी शैक्षिक संस्थाको लेखा र प्रशासन शाखामा बुधबार तालाबन्दी गर्ने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर