RUMPUM
animated ellipse animated ellipse

विराटनगरका ४७ सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति हुँदै, मंसिर २३ सम्म आवेदन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ मंसिर २०८३, बुधबार ०८:०६
3
Shares
विराटनगर / विराटनगर महानगरपालिकाले नगर क्षेत्रका ४७ सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत दरखास्त आह्वान गरेको छ।

महानगरपालिकाले १६ माध्यमिक र ३१ आधारभूत विद्यालयमा प्रधानाध्यापक छनोट प्रक्रिया अघि बढाएको हो। रिक्त पदसँगै बहालवाला प्रधानाध्यापकको पदावधि समाप्त हुन एक महिना बाँकी रहेका विद्यालयमा समेत नयाँ नियुक्ति गरिने जनाइएको छ।

माध्यमिक विद्यालयतर्फ विराट महेन्द्र रात्रि मावि, पोखरिया मावि, दीपज्योति मावि, जनता मावि, गोग्राहा मावि, विराट बहिरा मावि, शिक्षा सदन मावि, आदर्श बालिका मावि, सत्यनारायण मावि, गायत्री संस्कृत मावि, सरस्वती मावि, जनपथ मावि, बाल मावि रानी, बाल मावि जतुवा, जनविकास मावि र सार्वजनिक माविमा प्रधानाध्यापक नियुक्त गरिनेछ।

त्यस्तै, ३१ आधारभूत विद्यालयमा पनि खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गरिने महानगरपालिकाले जनाएको छ।

नगर शिक्षा समितिको निर्णय तथा शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम ९३ बमोजिम नियुक्ति प्रक्रिया अघि बढाइएको महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुङ्गेलद्वारा जारी सूचनामा उल्लेख छ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले महानगरपालिकाले तोकेको प्रक्रिया पूरा गरी आगामी मंसिर २३ गतेसम्म दरखास्त दिन सक्नेछन्।

महानगरपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गरी सामुदायिक विद्यालयको नेतृत्व व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर