पूर्वाञ्चल खबर
जिल्ला प्रहरी कार्यालय सुनसरीका आइतबार राति करिब साढे ११ बजेको समयमा छठ पर्वको पूजा सम्पन्न गरी भक्तजनहरू घर फर्किसकेपछि अज्ञात व्यक्तिहरूले पूजास्थलमा तोडफोड गरेका थिए।
घटनापछि प्रहरीले अनुसन्धान अघि बढाउँदै तोडफोडमा संलग्न रहेको आरोपमा हरिनगर गाउँपालिका–६ निवासी १९ र २१ वर्षीय दुई जनालाई पक्राउ गरेको जनाएको छ। प्रहरीले पक्राउ परेका व्यक्तिहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।
तोडफोडबाट क्षति पुगेको पूजास्थल पुनर्निर्माण गरी पूर्ववत् अवस्थामा ल्याइएको र श्रद्धालु भक्तजनहरूलाई पूजाआजामा सहज रूपमा सहभागी हुन अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।