RUMPUM
animated ellipse animated ellipse

सुनसरीमा प्रहरीले  एम्बुलेन्सबाट ५७४ किलो बढी गाँजा बरामद

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ कार्तिक २०८३, सोमबार १५:४५
3
Shares

‎विराटनगर/ सुनसरीमा   प्रहरीले ५७४ किलो ८७० ग्राम गाँजासहित एउटा एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार  प्रहरीले ५७४ किलो ८७० ग्राम आज विहान करिब १२ः३० बजे कोशी राजमार्ग हुँदै इटहरीबाट विराटनगरतर्फ नम्बर नखुलेको एम्बुलेन्समा  दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले ५७४ किलो ८७० ग्राम गाँजासहित  एउटा एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको हो ।

‘नेपाल–भारत सहयोग’ लेखिएको स्टिकर टाँसिएको ना.४ च ६०६३ नम्बरको एम्बुलेन्समा गाँजा भेटिएको प्रहरीले जनाएको छ। एम्बुलेन्सका चालक र गाँजा तस्करीमा संलग्न व्यक्ति भने फरार छन् ।

गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले खोजतलास सुरु गरेको थियो । खोजतलासका क्रममा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले बूढी खोलाको किनारमा एम्बुलेन्स बेवारिसे अवस्थामा फेला पारेको थियो । एम्बुलेन्स जाँच गर्दा उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद गाँजा र एम्बुलेन्स नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर