पूर्वाञ्चल खबर
सडक अवरुद्ध हुँदा निक्कै यात्रु सास्तीमा परेका छन् । शनिबार राति करिब १०ः३० बजे भएको दुर्घटनामा श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनापछि आक्रोशित स्थानीयले सडक अवरुद्ध गर्दै दोषी चालकलाई पक्राउ गरी आवश्यक कारबाही गर्नुपर्ने माग राखेका छन् । उदयपुरका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीका अनुसार दुर्घटनामा संलग्न चालक फरार छन् ।
सडक खुलाउने विषयमा स्थानीयसँग छलफल भइरहेको उनले बताए । ’चालक फरार रहेका छन् । स्थानीयसँग वार्ता गरेर सडक खुलाउने प्रयास भइरहेको छ,’ प्रमुख जिल्ला अधिकारी शाहीले भने।