सडक महोत्सवको अन्तिम दिन हास्य गायक बोके दाह्रीले तताए माहोल
पूर्वाञ्चल खबर
२ कार्तिक २०८३, आईतवार ०८:४०
3
Shares
सडक महोत्सवमा प्रस्तुती दिँदै हास्य गायक बोके दाह्री । तस्वीर : पुष्पराज थपलिया
विराटनगर / विराटनगरमा भएको छैटौ सडक महोत्सवको अन्तिम दिन आइतबार राती हास्य गायक श्रीकृष्ण लुईटेल ( बोके दाह्री )ले माहोल तताएका छन्।
विराटनगरस्थित हिमालय रोडमा मन्जिना मुभि क्रेशनको आयोजनामा असोज २५ गतेदेखि ३१ गतेसम्म सञ्चालन भएको सडक महोत्सवको अन्तिम दिन आइतबार राती स्टेट चडेका हास्य गायक श्रीकृष्ण लुईटेल ( बोके दाह्री )ले प्रस्तुति दिँदा सडक महोत्सवको माहोल तातेको थियो । बोके दाह्रीको नामले प्रसिद्ध भएका लुईटेलले साली कमला त विमला त पोइला गइ भेना समाल गित गाउँदा सडक महोत्सवमा उपस्थित दर्शकहरु निकै रोमाञ्चिक भएर नाचेका थिए । बोके दाह्रीले करिव ५० मिनेटको प्रस्तुतिमा ७ वटा केमेडियन गित गाएर सडक महोत्सवमा उपस्ति दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए ।
गायक लुईटेलले साली कमला त विमला त पौइला गई, तेरो बाउ थोते, लाग्यो लाग्यो बज्यो बज्यो, ये बा किन्देउन भटभटे, मुखमा हान्नु जस्तो, डल्लेको बहिनी र बाँके बर्दिया बोलको गितबाट प्रस्तुति दिँदा दर्शकको हुटिङले सडक महोत्सवको माहोल तातेको थियो । तस्वीर : पुष्पराज थपलिया