AArya
RUMPUM
animated ellipse animated ellipse

फागोको पहलमा मेनेनजाइटिस पीडित धिमालको उपचार हुँदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० बैशाख २०७४, आईतवार २०:४७
3
Shares
उर्लाबारी, १० बैशाख / मेनेनजाइटिस रोगबाट पीडित उर्लाबारी–२ डुम्रेका २७ बर्षीय सन्तोष धिमालको औषधि उपचारका लागि सामाजिक एवं राजनीतिक व्यक्तित्व खड्ग फागोको पहलमा विराटनगरस्थित नोबल अस्पतालमा उपचार भइरहेको छ ।
जीवन मरणको दोषाधमा रहेका धिमालको आइसियू कक्षमा उपचार भइरहेको छ । आईसियूमा राखिएका धिमालको औषधि खरिद गर्न, रक्त परीक्षण, एक्सरेलगायत अन्य विविध औषधिको व्यवस्थापन फागोले अस्पतालसँग गरिदिएका छन् ।
 धिमालको उपचारका लागि १० लाख खर्च हुने अस्पतालले जनाएपछि कमजोर आर्थिक अवस्था रहेको परिवारले घर फिर्ता ल्याएको थियो । घरमा अचेत अवस्थामा रहेका धिमालको उपचारमा फागोले पहल गरेपछि नोबेलमा उपचारसँगै उनले आँखा भने हेर्ने अवस्थामा रहेको परिवारले जनाएको छ ।
“हामीले त आश नै मारिसकेका थियौ“ धिमाल परिवार भन्छ “ उपचारसँगै छोराले नयाँ जीवन पाएको छ ।“
यसअघि फागोले मोरङ मिक्लाजुङ १ का मानबहादुर राईको आन्द्रको उपचारका लागि पहल गरिएका थिए । राईको पनि नोबेल अस्पताल विराटनगरमा निःशुल्क उपचार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर