पूर्वाञ्चल खबर
यस अवधिमा विभिन्न आपराधिक गतिविधिमा संलग्न ४ हजार २६० जना अभियुक्तलाई पक्राउ गरिएको छ भने अदालतबाट दोषी ठहर भई फरार रहेका २ हजार २८९ जना प्रतिवादीलाई पक्राउ गरी ४ करोड ५ लाख रुपैयाँभन्दा बढी जरिवाना र करिब ६०० वर्ष कैद भुक्तान गराइएको छ।
त्यसैगरी, भन्सार छलीका करोडौँ मूल्यका अवैध सामान, हुन्डी कारोबारको करिब २ करोड नगद, ८ हजार ५०० किलो गाँजा र ६ हजार ग्रामभन्दा बढी खैरो हेरोइनसमेत बरामद गरिएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ।
विगतको यही सक्रियतालाई निरन्तरता दिँदै मोरङ प्रहरीले आसन्न दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी जिल्लाभर विशेष सुरक्षा योजना लागू गरेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले बताए । सम्भावित चोरी, लुटपाट, कालोबजारी र दुर्घटना नियन्त्रणका लागि जिल्लाका ३१४ रणनीतिक स्थानमा १ हजार १४० जना प्रहरी जनशक्ति परिचालन गरिएको छ। बैंक, वित्तीय संस्था, बजार र मन्दिर क्षेत्रमा ड्रोन, सीसीटीभी तथा तालिमप्राप्त कुकुरसहित २४ सै घण्टा निगरानी बढाइएको उनले बताए ।