कटहरी गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना
पूर्वाञ्चल खबर
१० बैशाख २०७४, आईतवार १८:११
3
Shares
विराटनगर, १० वैशाख /मोरङको कटहरी गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
मोरङका मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले आज एक कार्यक्रमका बिच निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरे । उक्त कार्यालयमा नरेन्द्र पौडेललाइ निर्वाचन अधिकृत तोकिएको छ । उनले सोमबारदेखि नै काम सुरु गर्ने बताए ।
कुल जनशंख्या ३९ हजार ७ सय ७५ रहेको कटहरी गाउँपालिकामा २० हजार ८ सय मतदाता रहेका छन् । कटहरीमा १३ वटा मतदान स्थल र २८ वटा मतदान केन्द्र रहने जनाइएको छ ।