AArya
RUMPUM
animated ellipse animated ellipse

स्टुडेन्ट अफ द इयरको छनौट चरण विराटनगरको एभरेष्ट कलेजमा 

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ मंसिर २०८२, शनिबार १७:५३
72
Shares

विराटनगर /ग्लोबल इनोभेसनको आयोजनामा स्टुडेन्ट अफ द इयरको छनौट चरण विभिन्न स्थानमा भइरहेको छ ।

विराटनगर अडिसन भने आज एभरेष्ट कलेजमा भएको हो । जहाँ कक्षा ८ देखि १२ सम्म वा १३ वर्षदेखि २१ वर्ष सम्मका विद्यार्थीले सहभागिता जनाएका छन् ।

विराटनगर र आसपासका विद्यालयहरूबाट दुई सय भन्दा बढी विद्यार्थीले अडिसनमा  भाग लिएको अडिसन म्यानेजर विश्वास घिमिरेले बताए। उनका अनुसार विद्यार्थीले आफू भित्र रहेका जुनसुकै प्रतिभा देखाउने सक्ने यो प्लेटफर्ममा विभिन्न कृयाकलापमा भाग लिएका छन् । गायन, नृत्य, कविता वाचन, मार्सल आर्ट, म्युजिक जस्ता जुनसुकै विधामा पनि विद्यार्थीहरुले भाग लिन सक्ने ग्लोबल इनोभेसनले जनाएको छ ।

म्यानेजर घिमिरेका अनुसार देशभरका ११ स्थानमा प्रारम्भिक अडिसन हुने र त्यहाँबाट छानिएका उत्कष्ट २०० विद्यार्थीहरुले काठमाडौंमा गएर अभ्यास र प्रतिष्पर्धा गर्नेछन् । त्यसबाट छानिएका उत्कृष्ट ४० जना बिचको प्रतिष्पर्धा हुनेछन् । ४० बाट २०, २० बाट १० र १० बाट छानिएका ५ जनाबीच ग्राण्ड फिनाले हुने घिमिरेले बताए।

ग्राण्ड फिनालेका विजेताले नगद ५ लाख र सोहि मूल्य बराबरको छात्रवृत्ति पाउनेछन् । यस्तै ट्रफी र विभिन्न गिफ्ट ह्याम्परहरु प्रदान गरिने छ । दित्तिय र तृतीय हुनेहरुले पनि गिफ्ट ह्याम्पर प्राप्त गर्ने घिमिरेले बताए ।

विर्तामोड अडिसन सकिएपछि विराटनगर अडिसन भएको भन्दै उनले क्रमश, धरान, जनकपुर, नारायणघाट, पोखरा, बुटवल, धनगढी, काठमाडौं, भक्तपुर र ललितपुरमा अडिसन हुने म्यानेजर घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर