RUMPUM
animated ellipse animated ellipse

सुन्दरहरैँचाको सिद्धार्थ सेकेण्डरी स्कुलमा ‘दशैं म्युजिकल फेष्टिबल’, विद्यार्थीको सांगीतिक प्रस्तुतिले गुञ्जियो विद्यालय

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ आश्विन २०८३, सोमबार १७:५३
3
Shares
विराटनगर / दशैँको सांस्कृतिक रौनकसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले मोरङ सुन्दरहरैचाको सांगीतिक कार्यक्रम आयोजना

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा–१०, खोर्सानेस्थित सिद्धार्थ सेकेण्डरी स्कुलले नेपालीहरूको महान् पर्व बडादशैँको अवसर पारेर ‘दशैं म्युजिकल फेष्टिबल’ को आयोजना गरेको छ।

दशैँको सांस्कृतिक महत्व, मौलिक परम्परा र पर्वको उत्साहलाई विद्यार्थीमाझ जोड्ने उद्देश्यले विद्यालयले आज सांगीतिक कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न बाजागाजासहित गीत तथा सांगीतिक प्रस्तुति दिएका छन्।

विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता र सांगीतिक प्रस्तुतिले विद्यालय परिसर नै संगीतमय बनेको छ। विभिन्न गीतका प्रस्तुतिसँगै दशैँको उमंग र उल्लासले विद्यालयको वातावरण थप रमाइलो बनेको विद्यालयका प्रिन्पिल अर्जुन बस्नेतले बताए ।

विद्यालयका प्रिन्सिपल बस्नेतले दशैँ नेपाली समाजको मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावसँग जोडिएको महत्वपूर्ण पर्व भएकाले विद्यार्थीलाई यसको सांस्कृतिक पक्षसँग प्रत्यक्ष जोड्न कार्यक्रम आयोजना गरिएको बताए। उनका अनुसार विद्यालयमा हुने यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीमा लुकेर रहेका प्रतिभा प्रस्फुटन गराउनुका साथै कला, संगीत र संस्कृतिप्रति रुचि तथा सम्मानको भावना विकास गर्न सहयोग पुग्ने बताए।

“विद्यार्थीको पढाइसँगै उनीहरूको सिर्जनात्मक क्षमता र सांस्कृतिक चेतनाको विकास पनि आवश्यक छ,” प्रिन्सिपल बस्नेतले भने, “यस्ता कार्यक्रमले विद्यार्थीलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर दिनुका साथै नेपाली कला, संस्कृति र परम्परासँग नजिक बनाउँछ।”

दशैं म्युजिकल फेष्टिबल’ मा विद्यार्थीहरूले सक्रिय रूपमा सहभागिता जनाइरहेका छन्। सांगीतिक प्रस्तुतिमार्फत विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्नुका साथै दशैँको सांस्कृतिक रौनकलाई विद्यालय परिसरमा जीवन्त बनाएका छन्।

कार्यक्रमले विद्यार्थीमा उत्साह, सिर्जनशीलता र सहकार्यको भावना विकास गर्नसमेत योगदान पुर्‍याएको विद्यालयको विश्वास छ। दशैँको अवसरमा आयोजना गरिएको उक्त सांगीतिक कार्यक्रमले विद्यालयमा पर्वको रौनक थप्नुका साथै विद्यार्थीका सांगीतिक तथा सांस्कृतिक प्रतिभा उजागर गर्ने महत्वपूर्ण मञ्च प्रदान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर