पूर्वाञ्चल खबर
कलेज परिसरमा आजआयोजित कार्यक्रममा विराटनगर किङ्सका खेलाडी प्रनिश जिसी, नारायण जोशीलगायतले विद्यार्थीका जिज्ञासा सुनेर क्रिकेट खेलसँग सम्बन्धित आफ्ना अनुभव सुनाए। कार्यक्रममा खेलाडी र विद्यार्थीबीच प्रश्नोत्तरसमेत भएको थियो।
खेलकुदसँग सम्बन्धित प्रश्नको सही उत्तर दिने छ जना विद्यार्थीलाई विराटनगर किङ्सका तर्फबाट गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो। खेलाडी जिसी र जोशीले विद्यार्थीलाई ह्याम्पर हस्तान्तरण गरेका थिए। टोलीका कप्तान सन्दीप लामिछाने भने विदेशमा खेल्न गएकाले कार्यक्रममा सहभागी हुन सकेनन्।
खेलाडीलाई कलेजका प्रिन्सिपल लक्ष्मण ढकाल, निर्देशक भेषराज पोखरेललगायतले स्वागत गरेका थिए। प्रिन्सिपल ढकालले विद्यार्थीमा क्रिकेटप्रति रुचि बढाउने र खेलाडीका अनुभवबाट उनीहरूलाई प्रेरित गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताए।