AArya
RUMPUM
animated ellipse animated ellipse

यूथ–१८ फुटबलको ट्रफी विराटनगरमा अनावरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ आश्विन २०८३, शुक्रबार १२:१८
3
Shares
विराटनगर / यूथ–१८ फुटबल प्रतियोगिताको ट्रफी विराटनगरमा अनावरण गरिएको छ ।

विराटनगरस्थित विकेभिएम स्कुलमा आयोजित कार्यक्रममा ट्रफी अनावरण गरेपछि नगर परिक्रमा गराइएको थियो ।

ट्रफीलाई महेन्द्र चोक हुँदै बरगाछीबाट सहिद रंगशालासम्म पुर्‍याइएको हो । प्रतियोगिताको ट्रफी देशका सातवटै प्रदेशका राजधानीमा परिक्रमा गराइने आयोजकले जनाएको छ ।

कार्यक्रममा कोशी प्रदेश खेलकुद विकास संघका उपाध्यक्ष बसन्त अर्यालले सभापतित्व गरेका थिए । विकेभिएम स्कुलका प्रिन्सिपल रविन दाहाल प्रमुख अतिथि थिए ।

आयोजकका अनुसार यूथ–१८ फुटबल प्रतियोगितामा देशभरका २ हजार २ सयभन्दा बढी विद्यालयका विद्यार्थी खेलाडी सहभागी छन् । विद्यालय तहमा रहेका प्रतिभावान् खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै उनीहरूलाई राष्ट्रिय स्तरको प्रतियोगितासम्म पुग्ने अवसर सिर्जना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिताको ट्रफीलाई सातै प्रदेशका राजधानीमा पुर्‍याएर विद्यालय तहको फुटबलप्रति विद्यार्थी तथा अभिभावकको आकर्षण बढाउने र युवा खेलाडीको प्रतिभा पहिचान गर्ने आयोजकको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर