पूर्वाञ्चल खबर
‘ग्उनचबमभ हान्नेलाई अचम्मको अपग्रेड योजनाअन्तर्गत ग्राहकले पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ टिभिएस कम्पनीको दुईपांग्रे खरिद गर्न सक्नेछन्।
विराटनगरको मुनालपथस्थित पञ्जाबी पेट्रोल पम्पअगाडि आयोजना हुने एक्सचेन्ज क्याम्प भदौ ३१ गतेदेखि असोज ५ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।
अफरअन्तर्गत ग्राहकले १० लाख रुपैयाँसम्मको क्यास डिस्काउन्ट, टिभिएस गोल्डेन कि तथा खरिद मूल्यको १०० प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। त्यस्तै, प्रत्येक खरिदमा लक्की ड्रमार्फत पाँच वर्षसम्म निःशुल्क सर्भिस प्राप्त गर्ने अवसरसमेत रहेको कम्पनीले जनाएको छ।
ग्राहकको सहजतालाई ध्यानमा राख्दै क्याम्पमा फटाफट फाइनान्स सुविधा उपलब्ध गराइनेछ। नागरिकता र लाइसेन्सका आधारमा समेत फाइनान्स सुविधा लिन सकिने व्यवस्था गरिएको कम्पनीको भनाइ छ। साथै, पुराना मोटरसाइकल तथा स्कुटरको उच्चतम मूल्यांकन र नयाँ टिभिएसको दुईपांग्रे खरिद खरिदमा निःशुल्क हेल्मेट उपलब्ध गराइनेछ।
टिभिएसका विभिन्न मोडलमा अपग्रेड हुन चाहने ग्राहकलाई लक्षित गरिएको एक्सचेन्ज क्याम्पमा पुराना दुईपांग्रे सवारीसाधनको उचित मूल्यांकन गरी नयाँ सवारी खरिद प्रक्रिया सहज बनाइने पार्श्वनाथ डेभलपर्सले जनाएको छ।
कम्पनीका अनुसार दसैँ–तिहारजस्ता ठूला चाडपर्वको अवसरमा ग्राहकलाई नयाँ सवारीसाधन खरिद गर्ने अवसरसँगै विभिन्न छुट, क्यासब्याक र अन्य सुविधा उपलब्ध गराउने उद्देश्यले अफर ल्याइएको हो। एक्सचेन्ज क्याम्पले पुरानो सवारीसाधनलाई नयाँ टिभिएस मोटरसाइकल वा स्कुटरसँग अपग्रेड गर्न चाहने ग्राहकलाई विशेष लाभ पुग्ने अपेक्षा गरिएको छ।