AArya
RUMPUM
animated ellipse animated ellipse

कुसानको वार्षिक साधारणसभा तथा अम्पायर पुनरताजगी तालिम विराटनगरमा सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ भाद्र २०८३, सोमबार ०८:१२
153
Shares
विराटनगर/ नेपाल क्रिकेट अम्पायर्स एण्ड स्कोरर्स संघ (कुसान) को वार्षिक साधारणसभा तथा अम्पायर पुनरताजगी तालिम विराटनगको कञ्चनजङ्गा पार्टी प्यालेसमा सम्पन्न भएको छ।

भखौ २६ गतेदेखि शुरु भएको वार्षिक साधारणसभा तथा अम्पायर पुनरताजगी तालिम आइतबार सम्पन्न भएको हो । वार्षिक साधारणसभाको उद्घाटन नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष पदमबहादुर खड्का प्रमुख अतिथिमा भएको थियो ।

अम्पायर पुनरताजगी तालिमको सहजीकरण आइसिसि मास्टर एजुकेटर बुद्धिबहादुर प्रधान, कुसानका केन्दीय अध्यक्ष समिर खान, रामकैलास यादव र विनय झाले गरेका थिए ।
कार्यक्रममा क्यानका केन्द्रीय सदस्य आयुष श्रेष्ठले ७ प्रदेशबाट ८१ जना क्रिकेट क्षेत्रसँग सम्बन्धित अम्पायर, स्कोरर तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खड्काले नेपाली क्रिकेटको विकास र विस्तारसँगै खेललाई निष्पक्ष, व्यवस्थित तथा मर्यादित ढंगले सञ्चालन गर्न अम्पायर तथा स्कोररहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले क्रिकेट खेलमा खेलाडीको प्रदर्शनसँगै सही निर्णय, नियमको पालना, तथ्यांक व्यवस्थापन र खेलको आधिकारिक अभिलेखीकरणका लागि अम्पायर तथा स्कोररहरूको योगदान अतुलनीय रहेको उल्लेख गरे।

नेपाली क्रिकेटलाई थप व्यवस्थित र व्यावसायिक बनाउँदै लैजान अम्पायर तथा स्कोररहरूको क्षमता अभिवृद्धि, प्रशिक्षण र दक्षता विकासमा समेत निरन्तर ध्यान दिनुपर्ने आवश्यकता रहेको कार्यक्रममा सहभागिहरुले जोड दिइएको थियो।

कुसानले नेपाली क्रिकेटको तल्लो तहदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितासम्म अम्पायर र स्कोरर उत्पादन तथा परिचालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। खेलको निष्पक्षता, अनुशासन र मर्यादा कायम राख्न मैदानभित्र तथा मैदानबाहिर अम्पायर र स्कोररहरूले पुर्‍याउँदै आएको योगदानको कार्यक्रममा उच्च प्रशंसा गरिएको थियो।

कार्यक्रममा कुसानको आगामी कार्ययोजना, संस्थागत सुदृढीकरण, अम्पायर तथा स्कोररको क्षमता विकास र नेपाली क्रिकेटको समग्र विकासमा संस्थाले खेल्न सक्ने भूमिकालगायतका विषयमा समेत छलफल भएको छ।

कार्यक्रममा सहभागीहरूले नेपाली क्रिकेटलाई थप उचाइमा पुर्‍याउन खेलाडी, प्रशिक्षक, अम्पायर, स्कोरर, प्राविधिक तथा सम्बन्धित सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेको बताएका थिए। आगामी दिनमा कुसानले अम्पायर तथा स्कोररहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्दै नेपाली क्रिकेटको समग्र विकासमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर