पूर्वाञ्चल खबर
कार्यक्रमकै अवसरमा विभिन्न व्यावसायिक क्षेत्रमा कार्यरत ११ जना नयाँ सदस्य विराटनगरमा आबद्ध भएका छन्। व्यावसायिक डिग्री अध्ययन गरिरहेका युवाहरूलाई समेट्दै ‘फ्युचर मेम्बर’ समेत थप गरिएको छ। सदस्य विस्तारसँगै विराटनगरको व्यावसायिक सञ्जाल अझ फराकिलो र ऊर्जाशील बन्ने विश्वास व्यक्त गरिएको अध्यक्ष जैनले बताए।
कार्यक्रममा नयाँ कार्यसमितिको शपथ ग्रहणसँगै उत्कृष्ट विद्यार्थीलाई सम्मान, नयाँ सदस्यको स्वागत तथा स्वास्थ्य सेवासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।
विद्यार्थीको मेहनत, लगनशीलता र प्रतिभाको कदर गर्दै गरिएको सम्मानले उनीहरूलाई आगामी दिनमा अझ उत्कृष्ट कार्य गर्न प्रेरणा मिल्ने अध्यक्ष जैनले बताए । सो अवसरमा टिपिएप विराटनगर र विराट नसिङ होमबीच स्वास्थ्य सेवासम्बन्धी समझदारीपत्रमा हस्ताक्षरसमेत भएको छ। समझदारीअनुसार टिपिएपका सदस्य तथा उनीहरूका परिवारलाई आवश्यक स्वास्थ्य सेवामा विशेष सहजीकरण र सहयोग उपलब्ध गराउने उद्देश्य राखिएको छ। सदस्यहरूको स्वास्थ्य तथा हितलाई संस्थागत रूपमा प्राथमिकता दिने दिशामा यो समझदारी महत्वपूर्ण कदमका रूपमा लिइएको छ।
पूर्वाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा बिजुकुमार थापालियाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । ्मुख अतिथि प्राडा थापालियाले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै सकारात्मक सोच, व्यावसायिक उत्कृष्टता, टिमवर्क र सामाजिक उत्तरदायित्वका साथ अघि बढ्न आग्रह गरे। उनले व्यक्तिगत तथा व्यावसायिक सफलतासँगै समाजप्रतिको जिम्मेवारीलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।