AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा सामूहिक गाईजात्रा निकालियो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ भाद्र २०८३, शनिबार १६:२३
36
Shares
विराटनगर / विराटनगरमा शनिबार बिहान सामूहिक गाईजात्रा निकालिएको छ । यहाँस्थित झि : पुच ले आफ्नो परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि सामूहिक गाईजात्रा आयोजना गरेको हो ।

विराटनगरस्थित झिः पुच भवनबाट सुरु भएको गाईजात्राले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । नगर परिक्रमापछि गाईजात्रा पुनः झि : पुच भवनमै पुगेर समापन भएको थियो । झिः पुचले विगत लामो समयदेखि प्रत्येक वर्ष विराटनगरमा यसरी नै सामूहिक रूपमा गाईजात्रा निकाल्दै आएको छ । वर्षभरि दिवंगत भएका आफन्तको सम्झनामा गाईजात्रा निकाल्ने प्रचलन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर