AArya
RUMPUM
animated ellipse animated ellipse

रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या २० पुग्यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० भाद्र २०८३, बुधबार १७:११
3
Shares
काठमाडौं / रसुवाको भोटेकोशीमा आकस्मिक आएको बाढीमा परेर हालसम्म मृत्यु हुनेको संख्या २० पुगेको छ ।

मृतकहरुको शव रसुवा, नुवाकोट, धादिङमा फेला परेको प्रहरीको जनाएको छ । मृतकहरुको पहिचान खुल्न बाँकी छ ।

बाढीका कारण कैयौं मानिसहरु घाइते भएका छन् । धेरै जना बेपत्ता भएको अनुमान छ । यकिन विवरण प्राप्त भइसकेको छैन । बाढीले कैयौं घरहरु बगाएका कारण मृतक, घाइते र बेपत्ता हुनेहरुको संख्या धेरै हुन सक्ने प्रहरीको अनुमान छ ।बाढीमा फसेका ११० जनालाई नेपाली सेना र निजी कम्पनीका हेलिकप्टरमार्फत उद्धार गरिएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार धुन्चे क्षेत्रबाट ८५, टिमुरेबाट १३, मैलुङबाट ५, बेतावत्रीबाट ४ र त्रिशूली क्षेत्रबाट ३ जनाको उद्धार गरिएको हो ।

बुधबार भोटेकोशीमा आएको आकस्मिक बाढीले रसुवासँगै नुवाकोट, धादिङ र चितवनमा समेत ठूलो क्षति पुर्‍याएको छ । रसुवागढी क्षेत्रमा बिहान आएको बाढीका कारण टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्र प्रभावित भएका छन् । बाढीले बस्ती, बजार, प्रहरी कार्यालय, सडक तथा जलविद्युत् आयोजनाका संरचना बगाएको छ ।

बाढीका कारण घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले घाइतेको तत्काल निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालमार्फत मिलाउने निर्णय गरेको हो ।

प्रतिनिधिसभा बैठकलाई घटनाको जानकारी दिँदै परराष्ट्रमन्त्री शिशिर खनालले घाइते तथा बिचल्लीमा परेका व्यक्तिको तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने व्यवस्था गर्न गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई जिम्मेवारी दिइएको बताए । उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टर परिचालन गर्ने निर्णयसमेत भएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर