AArya
RUMPUM
animated ellipse animated ellipse

अपराध हुनै नदिने गरी प्रहरीको सुरक्षा रणनीति अघि बढाउने तयारीमा प्रदेश प्रहरी : डीआईजी खनाल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ श्रावण २०८३, मंगलवार १८:५९
99
Shares
विराटनगर / कोशी प्रदेश प्रहरी प्रमुख (डीआईजी) शेखर खनालले अपराध भइसकेपछि अनुसन्धान र कारबाही गर्नुभन्दा अपराध हुनै नदिने गरी प्रहरीको सुरक्षा रणनीति अघि बढाउने बताएका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वार्षिक प्रगति विवरण तथा आगामी कार्यदिशा सार्वजनिक गर्दै डीआईजी खनालले यस्तो बताएका हुन् । डीआईजी खनालले अपराध भइसकेपछि अनुसन्धान र कारबाही गर्नुभन्दा अपराध हुनै नदिने गरी प्रहरीको सुरक्षा रणनीति अघि बढाउने तयारीमा प्रदेश प्रहरीले कार्य योजना तयार पारेको बताए ।

आगामी कार्यदिशा ‘सक्षम प्रहरी र सुरक्षित नागरिक’ भन्ने अवधारणामा केन्द्रित हुनेछ उनले भने। नागरिकको प्रहरीप्रतिको विश्वास अझ बलियो बनाउने गरी सेवा प्रवाह गर्ने तथा अपराध नियन्त्रण र रोकथामलाई प्रमुख प्राथमिकतामा राखिने डीआईजी खनालले बताए।

कोशी प्रदेशमा सबैभन्दा बढी मुद्दा दर्ता हुने अपराधमध्ये लागूऔषध सम्बन्धी अपराध प्रमुख रहेकाले यसको रोकथामलाई विशेष प्राथमिकता दिइने र लागूऔषधका मुख्य कारोबारीलाई कानुनी दायरामा ल्याउनेसँगै यसको माग घटाउने अभियान सञ्चालन गरिने उनले ्बताए। त्यस्तै, सीमा तथा अन्तरदेशीय अपराध नियन्त्रण, साइबर तथा डिजिटल कारोबारसँग सम्बन्धित अपराध नियन्त्रण, महिला तथा बालबालिकामैत्री प्रहरी सेवा र ट्राफिक सचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउने योजना रहेको उनले जानकारी दिए ।

कोशी प्रदेशको सुरक्षा अवस्था विविधतापूर्ण र चुनौतीपूर्ण रहेको डीआईजी खनालले बताए । प्रहरी संगठनलाई थप सहनशील, नागरिकप्रति जवाफदेही र प्रविधिमैत्री बनाउँदै राम्रो काम गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन र गलत गर्नेलाई कार्वाही गरिने उनले बताए। डीआईजी खनालले प्रहरी र सञ्चारमाध्यमबीचको समन्वयलाई थप मजबुत बनाउने प्रतिबद्धता समेत व्यक्त गरे। प्रहरीले समयमै तथ्यपरक र सही सूचना उपलब्ध गराउने भन्दै उनले पत्रकारहरूलाई पनि अनुसन्धानमा प्रत्यक्ष प्रभाव पार्ने वा अनुसन्धान प्रभावित हुनसक्ने सूचना सम्प्रेषणमा संवेदनशील हुन आग्रह गरे।

प्रहरीले गरेका सकारात्मक कामलाई सार्वजनिक गर्न तथा सञ्चारमाध्यमबाट आउने आलोचनालाई सुधारका रूपमा ग्रहण गर्दै अघि बढ्ने उनले प्रतिवद्धता व्यक्त गरे । ‘पत्रकारहरूले सही समयमा सही सूचना उपलब्ध गराइदिनुभयो भने अपराध नियन्त्रणमा प्रहरीलाई थप सहज हुन्छ,’ डीआईजी खनालले भने। उनले कोशी प्रदेशको प्रहरीलाई थप सक्षम, प्राविधिक रूपमा दक्ष र नागरिकप्रति उत्तरदायी संगठनका रूपमा विकास गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर