AArya
RUMPUM
animated ellipse animated ellipse

सुनसरी देवानगञ्ज घटनाका मृतकको शव आफन्तले बुझे, आजै अन्त्यष्टि गरिने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ श्रावण २०८३, शुक्रबार १९:२९
81
Shares
विराटनगर /सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर ज्यान गुमाएका दुई युवाको शव ६ दिनपछि आफन्तले बुझेका छन् ।

सरकार र पीडित पक्षबीच आज बिहान ७ बुँदे सहमति भएपछि मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको हो ।

विराटनगरस्थित कोशी अस्पतालमा पोस्टमार्टम गरिएपछि आफन्तले शव बुझेर अन्तिम संस्कारका लागि आफ्नो गाउँ कप्तानगञ्जतर्फ लगेका छन् । शवलाई गाडीमा राखेर शवयात्रासहित गाउँ लगिएको र आजै उनीहरूको अन्त्यष्टि गरिने पारिवारिकले जनाएको छ ।

यसअघि जयप्रकाशको शव विराटनगरकै न्यूरो अस्पतालमा राखिएको थियो भने ओमप्रकाशको शव कोशी अस्पतालमै थियो । आज बिहान सरकारी पक्ष र पीडित परिवारबीच भएको वार्तामा पीडित परिवारलाई उचित राहत उपलब्ध गराउने, मृतकलाई सहिद घोषणाका लागि प्रक्रिया अगाडि बढाउने, घटनाको निष्पक्ष छानबिन गर्ने र दोषीमाथि कारबाही गर्ने लगायतका ७ बुँदे सहमति भएपछि आन्दोलनरत पक्ष शव बुझ्न तयार भएको हो ।

गत आइतबार राति देवानगञ्ज–३ कप्तानगञ्जमा दुई समूहबीच भएको विवादका क्रममा स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो । सो क्रममा ओमप्रकाश मेहताको सोही राति घटनास्थलमै र गम्भीर घाइते भएका जयप्रकाश मेहताको बिहीबार उपचारका क्रममा मृत्यु भएको थियो ।

यस घटनालाई लिएर सुनसरी र मोरङ क्षेत्रमा तनाव उत्पन्न भएपछि स्थिति सहज बनाउन आजै विराटनगरमा सामाजिक सद्भाव र्‍याली समेत निकालिएको थियो । ७ बुँदे सहमतिसँगै अहिले सो क्षेत्रको वातावरण क्रमशः सामान्य बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर