AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी अस्पतालको जग्गा खाली गर्न हस्पिटल चोकमा माइकिङ, ७ दिनभित्र संरचना हटाउन अन्तिम चेतावनी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ असार २०८३, सोमबार २०:०६
3
Shares
विराटनगर/ कोशी अस्पतालले आफ्नो स्वामित्वमा रहेको अतिक्रमित जग्गा र त्यहाँ बनेका संरचना खाली गराउन आजदेखि माइकिङ सुरु गरेको छ ।

अस्पताल प्रशासनले विराटनगरको हस्पिटल चोक र आसपासका क्षेत्रमा माइकिङ गर्दै सात दिनभित्र अनधिकृत संरचना हटाउन अन्तिम अल्टिमेटम दिएको हो ।

अस्पतालले दोस्रो पटक सूचना जारी गर्दै तोकिएको समयभित्र संरचना नहटाए अस्पताल आफैँले कानुनी प्रक्रिया अघि बढाई ती संरचना भत्काउने चेतावनी दिएको छ । सामाजिक सेवाको आवरणमा विभिन्न संघ–संस्थाले अस्पतालको करिब १० कठ्ठा जग्गा कब्जा गरी व्यावसायिक सटरहरू निर्माण गरेपछि अस्पतालले यो कडा कदम चालेको हो ।

यसअघि दिएको १५ दिने म्यादलाई सरोकारवाला पक्षले बेवास्ता गरेपछि सोमबार पुनः सूचना टाँस र माइकिङ गरी एक साताको समयसीमा तोकिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका अनुसार अब पनि अटेर गरिए बल प्रयोग गरेरै भए पनि अतिक्रमित क्षेत्र खाली गराइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर