पूर्वाञ्चल खबर
स्कुलमा एक कार्यक्रमको आयोजना गरि जिल्लाको प्रतिनिधित्व गर्दै प्रथम बनाउन भूमिका निर्वाह गरेका ६ खेलाडीलाई सम्मान गरिएको हो ।
विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले विद्यार्थीहरुलाई अबिर र खादा लगाएर सम्मान गर्नुभयो । उहाँले प्रदेशमा जिल्लालाई प्रथम बनाउन तपाईहरुले खेलेको भूमिकाले एभरेष्टको गरिमा समेत बढेको बताए ।
कोशी प्रदेश पौडी संघको आयोजनामा असार १६ र १७ गते सुनसरीको इटहरी स्थित ओसियन पार्कमा सम्पन्न प्रतियोगितामा मोरङ प्रथम भएको थियो । जसमा एभरेष्ट स्कुलबाट जिल्लास्तरीय टिममा सहभागी ६ खेलाडीले मात्र ३ स्वर्णसहित १६ पदक जितेका थिए ।
एभरेष्टका तर्फबाट आरध्य पाण्डेले २ वटा स्वर्ण पदक जितेका थिए । पाण्डेले ५० मिटर ब्रेस्टस्ट्रोक र ५० मिटर फ्रिस्टाईलमा स्वर्ण जितेको हो। यस्तै धावा तामाङले १ स्वर्ण (५० मिटर बटरफ्लाई), ४ वटा रजत, १ कास्य पदक जिजे । तामाङले फ्रिस्टाईल बिधाका ५० बटरफ्लाईमा स्वर्ण, ५०, १००, ४०० र ८०० सय मिटर फ्रिस्टाईलमा रजत र २०० मिटर फ्रिस्टाईलमा रजत पदक जिजेका हुन् ।
यस्तै कृतक बास्तोलाले २ वटा रजत पदक जिजे। उनले ५० र १०० मिटर ब्याकस्ट्रोकमा पदक ल्याए । एभरेष्टका ओनस प्रधानले ५० र १०० मिटर ब्याकस्ट्रोक गर २ कास्य पदक जिते ।
अर्का खेलाडी हर्षित सिंहले २०० मिटर ब्रेस्टस्ट्रोकमा रजत पदक हासिल गर्दा एभरेष्टकै युवन श्रेष्ठले २५ र ५० मिटर फ्रिस्टाईलमा कास्य पदक जितेको विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलले बताइन्।
१४ जिल्ला सहभागि रहेको प्रतियोगितामा मोरङ प्रथम हुँदा भोजपुर दोस्रो र झापा तेस्रो भएको प्रतियोगिताका अनुगमन सुपरिवेक्षक इन्द्र राजभण्डारीले बताए।