AArya
RUMPUM
animated ellipse animated ellipse

वालवालिकाहरुलाई अनिवाय विद्यालयमा ल्याउने खालका अभियान चलाउन सुझाव

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ बैशाख २०७४, बिहीबार २०:१८
3
Shares
विराटनगर, ७ बैशाख / अहिले विद्यालय भर्नाको समय भएकोले विद्यालय उमेरका सबै वालवालिकाहरुलाई अनिवार्य विद्यालय ल्याउन पहल गर्नु पर्ने सरोकारवालाहरुले बताएका छन ।

आज जिल्ला शिक्षा कार्यालय मोरङले विराटनगरमा आयोजना गरेको विद्यालय भर्ना २०७४ अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले विद्यालय भर्ना र निरन्तरताको लागि सबै सक्रिय हुनु पर्ने बताएका हुन ।सहभागिहरुले मोरङमा चार प्रतिशत भन्दा बढी विद्यालय वाहिर रहेकोले उनिहरुलाई पनि अनिवार्य विद्यालयमा ल्याउने खालका अभियान चलाउन सुझाव दिएका छन ।

उनिहरुले भर्नाको बेला चलाइने अभियान जस्तै ड्रपआउट रोक्न पनि पहल गर्नुपर्ने बताएका छन । मोरङमा प्राविमा एघार, निमावीमा ७ र मावीमा पाच प्रतिशत ड्रप आउट रहेको भन्दै चिन्ता ब्यक्त गरिएको छ ।

कार्यक्रममा अभिभावक संघ पूर्वाञ्चल अध्यक्ष देवी पन्थीले अंग्रेजी पढाउने नाममा सामुदायिक विद्यालयमा चन्दा वापत रकम लिने गरेको देखिएको भन्दै यो रोक्न सके न्युन आर्थिक अबस्था भएका विद्यार्थीले पनि अंग्रेजी माध्यमबाट पढ्न पाउने बताए ।

जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालले सामुदायिक विद्यालयमा ब्यवस्थापन पक्ष राम्रो हुनु पर्ने बताए । उनले अधिल्लो बर्ष पाँच बर्षका वालवालिका विद्यालय भर्ना गरिने भनिए पनि यस बर्षबाट चार बर्ष उमेर पुगेका वालवालिकाहरुलाई पूर्व प्राथमिकमा अनिवार्य भर्ना गर्नु पर्ने भएकोले यसै अनुसार लाग्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर