पूर्वाञ्चल खबर
विराटनगरको ट्राफिक चोकस्थित ओएसएस (OSS) कस्मेटिकको आयोजनामा आज विराटनगरमा उक्त सेमिनार सम्पन्न भएको हो ।
‘जेन्युन’ र गुणस्तरीय कस्मेटिक उत्पादनको महत्वबारे जानकारी दिने उद्देश्यले आयोजित सो सेमिनारमा मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट करिब २५० जना ब्युटिसियनहरूको सहभागिता रहेको थियो ।
पछिल्लो समय बजारमा ब्रान्डेड सामानको नाममा ‘कपी’ वा नक्कली सामग्रीहरू प्रशस्त आउन थालेकाले त्यसबाट उपभोक्ता र व्यवसायी दुवैलाई जोगाउन यो कार्यक्रम फलदायी हुने आयोजकको विश्वास छ ।
ओएसएस कस्मेटिककी प्रबन्ध निर्देशक रीता ढकालले सेमिनारको उद्देश्य प्रस्ट पार्दै भनिन्, “ग्राहकहरूले महँगो मूल्य तिरेर पनि नक्कली सामान पाइरहेको अवस्था छ ।
विराटनगरमा अन्तर्राष्ट्रिय स्तरका जेन्युन सामानहरू भित्र्याएसँगै तिनको सही प्रयोग र नक्कली सामान चिन्न सक्ने क्षमता ब्युटिसियनहरूमा हुनुपर्छ भन्ने हेतुले हामीले यो सेमिनार आयोजना गरेका हौँ ।”
सेमिनारमा मिस सा (Missha) कस्मेटिककी प्राविधिक एवं मेकअप आर्टिस्ट सलोनी गिरीले मुख्य प्रशिक्षकका रूपमा प्रशिक्षण दिएकी थिइन् । उनले सहभागीहरूलाई तराईको गर्मी र यहाँको मौसम अनुकूल कसरी टिकिरहने (Long-lasting) मेकअप गर्ने भन्नेबारे ‘डेमोन्स्ट्रेशन’ मार्फत सिकाएकी थिइन् । साथै, फ्रान्स, अस्ट्रेलिया, टर्की र भारतका विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका मोइस्चराइजर, फाउन्डेसन, लिपस्टिक र सेटिङ स्प्रे जस्ता सामग्रीहरूको सही छनोट र प्रयोगबारे पनि विस्तृत छलफल गरिएको थियो ।
सौन्दर्य व्यवसायलाई थप मर्यादित र व्यावसायिक बनाउन यस्ता सेमिनारले मद्दत पुग्ने सहभागी ब्युटिसियनहरूले बताएका छन् । नक्कली कस्मेटिकको प्रयोगले छालामा गम्भीर समस्या निम्त्याउन सक्ने भन्दै आयोजकले आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।