AArya
RUMPUM
animated ellipse animated ellipse

विकेभिएम स्कुलले गर्यो २० लाख बराबरको छात्रवृत्ति वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ जेष्ठ २०८३, शनिबार १४:५०
99
Shares
विराटनगर / विराटनगर–११ मा रहेको बाल कल्याण विद्या मन्दिर (विकेभिएम)  स्कुलले करिव २० लाख बराबरको छात्रवृत्ति वितरण गरेको छ ।

आज स्कुलमा आयोजित वार्षिक पुरस्कार वितरण तथा स्वागत कार्यक्रममा विद्यालयबाट एसईईमा ४ जिपिए हालिस गर्ने र विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पुरस्कारसहित छात्रवृत्र् िवितरण गरेको हो ।
स्कुलले कक्षामा प्रथम, द्वितीय, तृतीय हुने ५६ जना छात्र तथा छात्राहरुलाई २० लाख रुपैयाँ बराबरको नगद छात्रवृत्ति समेत प्रदान गरेको विद्यालयका प्रशासन प्रमुख रामहरी देवकोटाले जानकारी दिए ।

उनीहरुलाई प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड कोशीका प्रमुख प्रकाशकुमार खरेल, स्कुलका प्रिन्सिपल रविनकुमार दाहाल, प्रशासन प्रमुख रामहरी देवकोटा,स्कुलका शिक्षक तथा शिक्षिकाले पुरस्कार तथा सम्मान गरे । सोही अवसरमा २०८२ सालको एसईईमा ४ जिपिए ल्याउँने १८ जना विद्यार्थीलाई नगदसहित सम्मन समेत गरिएको थियो ।

एसईईमा ४ जिपिए ल्याएका १८ जना विद्यार्थीले विकेभिएममा कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति दिएको देवकोटाले बताए ।

कार्यक्रममा बोल्दैै प्रमुख अतिथि खेरेलले विकेभिएम स्कुलले विद्यार्थीको व्यक्तित्व विकासमा चौतर्फी ध्यान दिई राष्ट्र निर्माणमा अब्बल विद्यार्थीहरु लगातार रुपमा उत्पादन गरि टेवा दिइरहेको समेत समेत बताए ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल दाहालले एसईईमा राम्रो नतिजा ल्याएका विद्यार्थीहरुलाई थप उच्च शिक्षा हासिल गर्न शुभकामना दिए । विद्यालयबाट उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीबाट धेरै कुरा सिकिने बताउँदै उनले हाल विद्यालयमा अध्ययनरत र नयाँ विद्यार्थीलाई आफ्नो अध्ययनलाई विशेष महत्व दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा स्कुलमा अध्ययनरत विद्यार्थीको नृत्य र गायनले उपस्थित अभिभावक तथा अतिथिलाई थप मनोरञ्जन प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर