AArya
RUMPUM
animated ellipse animated ellipse

सञ्चारकर्मीले नयाँ सूचना प्रविधिसंग आवद्ध भई क्षमता अभिवृद्धि गर्नु पर्छ : मन्त्री पराजुली

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ जेष्ठ २०८३, सोमबार १९:१९
3
Shares
विराटनगर / कोशी प्रदेशको पत्रकारिता क्षेत्र सामाजिक रुपमा समावेशी र न्यायपुर्ण बनाउनु जरुरी रहेको बताइएको छ ।

प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय र संगालो मिडिया प्रालि विराटनगरद्वारा आज विराटनगरमा आयोजित पत्रारितामा आवद्ध महिला,अपाङ्गता भएका व्यक्ति, आदिवासी, जनजाति तथा पिछडावर्गसंग प्रदेशको पत्रकारिता क्षेत्रमा देखिएका समस्या र पत्रकार आचारसंहिता विषयक दुई दिने अन्तरक्रियामा समाजमा पछाडि परेका पत्रकारलाई यस क्षेत्रमा टिकाइ राख्न सरकार एवं पत्रकारका संघसंस्थाले जिम्मेवारी पूर्वक आवश्यक सहयोग गर्नुपर्ने सुझाव दिएको छ।

उनीहरुले यी क्षेत्रका पत्रकारलाई सुरक्षाको ग्यारेण्टी,संचारक्षेत्रका भौतिकपूर्वाधार अपाङ्गता मैत्री हुनुपर्ने र रोजगारीमा यी समुदायलाई प्राथमिकता दिनु पर्ने बताएका छन् ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले प्रदेश सरकारले श्रमजीवी पत्रकारको सुरक्षा र हकहितका लागि आम सञ्चार सम्बन्धी ऐन ल्याएको र प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए ।

सञ्चारकर्मीले नयाँ सूचना प्रविधिसंग आवद्ध भई क्षमता अभिवृद्धि गर्नुपर्ने सुझाव दिँदै यसका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने उनले बताए । मन्त्री पराजुलीले राजनीतिक स्वतन्त्रता,नागरिकको हकहित , अधिकार र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सञ्चारकर्मीले सदैव अग्रणी भूमिका निर्वाह गरेको बताए ।

पत्रकारिता क्षेत्रमा पछाडि परेका वर्गलाई यस क्षेत्रमा सक्रिय रुपमा क्रियाशिल गराउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे।

अन्तरक्रियामा नेपाल पत्रकार महासंघका महासंघका केन्द्रीय सदस्य कमल रिमाल, महासंघका प्रदेश अध्यक्ष भरत खडका, मोरङ अध्यक्ष शुसिला पाठक, उपाध्यक्ष संतोष सिग्देल, प्रेस चौतारी नेपालका प्रदेश अध्यक्ष सुमन पुरी, नेपाल प्रेस युनियनका प्रदेश अध्यक्ष मिनकुमार श्रेष्ठ, प्रेस संगठनका मोरङ अध्यक्ष नवीन कर्ण, संगालो खवरका प्रधान सम्पादक रविन कट्टेल, मोहन ढकाल र सञ्चारीका समूहकी प्रदेश उपाध्यक्ष जुनु भट्टराईले पत्रकार आचार संहिता पालन गर्न सबै सञ्चारकर्मीलाई आग्रह गरे ।

सो अवसरमा वरिष्ठ पत्रकार यज्ञ शर्माले ‘कोशी प्रदेश पत्रकारिता क्षेत्रको समस्या र समाधान’ विषयक कार्यपत्र प्रस्तुत गरे।

अन्तरक्रियाबाट प्राप्त सुझाव प्रदेश सरकारले ल्याउने आगामी बर्षको बजेटमा आमसञ्चार क्षेत्रका समस्याहरुलाई सम्बोधन गर्नका लागि सहयोग पु¥याउनु मुख्य उद्देश्य रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर