पूर्वाञ्चल खबर
कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो भने अभिभावकहरू आफ्ना नानीबाबुसहित कार्यक्रममा सहभागी भएका थिए।
कार्यक्रमका सभापति विद्यालयका प्रिन्सिपल प्रेमलाल सिह सुवाल रहेका थिए।
कार्यक्रममा विद्यार्थीहरूलाई ग्राजुएसन प्रमाणपत्र विद्यालयकी प्राइमरी इन्चार्ज उषा अधिकारिले हस्तान्तरण गरिन्। समारोहमा विद्यार्थीहरूले आकर्षक नृत्य तथा गीत प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। उनीहरूको प्रस्तुति उपस्थित अभिभावक तथा अतिथिहरूले निकै प्रशंसा गरेका थिए।
यसै अवसरमा वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। कक्षागत उत्कृष्टतर्फ प्रथम स्थान हासिल गर्ने विद्यार्थी अन्वेशा बज्राचार्य , द्वितीय निमाकुमारी साह तथा तृतीय स्थान प्रसभी बराल र उत्सव घिमिरेलाई विद्यालयका प्रिन्सिपल सुवालद्वारा ट्रफी र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रममा कक्षा १ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई पनि विद्यालय परिवारमा स्वागत गरिएको थियो। विद्यालयले यस्ता कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास, सिर्जनशीलता तथा अभिभावक–विद्यालय सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेको छ।