पूर्वाञ्चल खबर
इन्डो ग्लोबल फाउण्डेशन काठमाडौँको आयोजना तथा विराटनगरस्थित कृष्णा एजुकेशन फाउण्डेशनको सहयोगमा सो मेला आयोजना गरिएको हो । विराटनगरको सिटी प्यालेसमा सञ्चालित उक्त एक्सपोमा भारतका १५ भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूको सहभागिता रहेको छ । विशेषगरी कक्षा १२ को परीक्षा दिएर बसेका र उच्च शिक्षाका लागि भारत जान इच्छुक विद्यार्थीहरूलाई लक्षित गर्दै यो कार्यक्रम आयोजना गरिएको हो ।
मेलामा भारतीय कलेजका प्रतिनिधिहरूले विद्यार्थीहरूलाई विभिन्न संकाय, शुल्क विवरण, आवास खर्च र रोजगारीको अवसर जब प्लेसमेन्ट बारे प्रत्यक्ष परामर्श काउन्सिलिङ दिइरहेका छन् । एक्सपोमा सहभागी विद्यार्थीमध्ये उत्कृष्ट तीन जनालाई ‘एसजेई ग्रुप अफ इन्स्टिच्युसन्स’ ले कलेज ट्युसन शुल्कमा शतप्रतिशत सतशप्रति सम्म छुट दिने कृष्णा एजुकेशन फाउण्डेशनका सञ्चालक कृष्ण जायसवालले जानकारी दिए । यस्तै, सहभागी विद्यार्थीहरूमध्ये गोला प्रथा लक्की ड्र मार्फत दुई जनालाई एन्ड्रोइड मोबाइल समेत वितरण गरिने आयोजकले जनाएको छ ।
इन्डो ग्लोबल फाउण्डेशन काठमाडौँका निर्देशक सुदन चौहानका अनुसार विद्यार्थीहरूले सूचनाकै लागि विभिन्न सहर धाउनुपर्ने बाध्यता अन्त्य गर्न विराटनगरमै यो अवसर प्रदान गरिएको हो । मेलामा विराटनगरसहित इटहरी, धरान र इनरुवा लगायतका आसपासका क्षेत्रबाट विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको छ । यो शैक्षिक मेला आज जेठ ४ गते साँझ साढे ५ बजेसम्म चल्ने आयोजक समितिले जनाएको छ ।