AArya
RUMPUM
animated ellipse animated ellipse

लर्डबुद्धले गर्यो विद्यार्थीलाई विदाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ बैशाख २०७४, बुधबार १७:१६
27
Shares
विराटनगर, ६ बैशाख / विराटनगर – १०(साविक–१३) मा रहेको लर्डबुद्ध कलेजले विविएस चौथोको वर्ष परीक्षा दिएका विद्यार्थीहरुलाई आज एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ ।
कलेजमा अध्यनरत १२ ब्याचको ६५ जना विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी बिदाई गरेको हो ।
विदाई कार्यक्रममा कलेजमा विविएस पहिलो देखि तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले नृत्य तथा गित गाएर विदाई हुने विद्यार्थीहरुलाई भरपूर्ण मनोरञ्जन दिएका थिए । विदाई समारोहको अवसर पारेर कलेजको आन्तरीक परीक्षा तथा बोर्ड परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई नगद सहित पुरस्कार तथा अवार्डबाट सम्मान गरीएको छ ।
विदाई समारोहमा लर्डबुद्ध प्लस टुकाका प्राचार्य सराज भट्टराई, महेन्द्र मोरङ क्याम्पसका एसोसीयट प्रो. देवराज श्रेष्ठलगायतले मन्तव्य राख्दै लर्डबुद्ध कलेजले अझै शैक्षिक गुणस्तर विस्तार गरेर जाने भन्दै विद्यार्थीलाई शुभकामना दिएर विदाई गरेको थिए । विदाई कार्यक्रमको सभापतित्व यूनिभर्सल लर्डबुद्ध एकाडेमि प्रालिका अध्यक्ष नितिनचन्द्र गजुरेलले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर