AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको शैक्षिक बिरासत जोगाउँदै मेरिल्याण्ड : दुई दशकदेखि नतिजामा ‘नम्बर वान’

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ बैशाख २०८३, बुधबार १६:१२
54
Shares
विराटनगर / कुनै समय मोफसलको शैक्षिक ‘हब’ का रूपमा चिनिने विराटनगरको साख पछिल्लो समय केही धर्मराएको चर्चा चल्छ । तर, त्यही चर्चाका बीच विराटनगर–७ स्थित मेरिल्याण्ड कलेजले भने दुई दशकदेखि आफ्नो बेग्लै उचाइ कायम राख्दै आएको छ । गुणस्तरीय शिक्षाको मानक स्थापित गरेको यो कलेज पुनः एकपटक राष्ट्रिय स्तरको चर्चामा आएको छ ।

मुलुकभरका माध्यमिक र उच्च शिक्षा प्रदायक संस्थाहरूको प्राज्ञिक उपलब्धि र व्यवस्थापकीय दक्षताको कसीमा मेरिल्याण्ड यस वर्ष पनि खरो उत्रिएको हो । संस्थाले आफ्नो उत्कृष्ट प्रदर्शनकै कारण ‘राष्ट्रिय शिक्षा सम्मान–२०८३’ प्राप्त गरेको छ । फोकस नेपाल संस्थाले प्रदान गरेको यो सम्मानले मेरिल्याण्डको मात्र होइन, समग्र विराटनगरको शैक्षिक पहिचानलाई राष्ट्रिय स्तरमा थप सुदृढ बनाएको छ ।

नतिजाको त्यो अटुट सिलसिला
२०५९ सालमा स्थापना भएको मेरिल्याण्डले सुरुवाती दिनदेखि नै आफूलाई मुलुकका उत्कृष्ट १० कलेजहरूको सूचीमा सुरक्षित राख्दै आएको छ । विशेषगरी व्यवस्थापन संकायमा यसले बनाएको ‘ब्रान्ड’ अहिले विज्ञान संकायतर्फ पनि उत्तिकै आक्रामक रूपमा अघि बढिरहेको छ ।

कलेजको यो सफलताको मुख्य कडी यहाँका विद्यार्थीले बोर्ड परीक्षामा हासिल गर्ने ‘चामत्कारिक’ नतिजा नै हो । २०७८ सालको कक्षा १२ को परीक्षामा छात्रा दिया अग्रवालले ३।९६ जीपीए ल्याएर देशभरमै कीर्तिमान कायम गरेकी थिइन् । नतिजाको यो सिलसिला त्यतिमै रोकिएन । २०८२ सालमा राजुकुमार यादव र रिदिमा कठेतले पुनः ३।९६ जीपीए ल्याएर नेपाल प्रथम हुँदै कलेजको साखलाई थप उचाइमा पुर्‍याए ।

मेरिल्याण्ड केवल प्लस टुमा मात्र सीमित छैन । त्रिभुवन विश्वविद्यालयको बीबीएस तहमा सिम्रन अग्रवालले तेस्रो र चौथो वर्षमा नेपाल प्रथम भएर कलेजको गरिमा बढाएकी थिइन् । व्यावसायिक शिक्षा तर्फ पनि कलेजको वर्चस्व उस्तै छ । हालै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था द्वारा सञ्चालित सीए अन्तिम परीक्षामा शालु अग्रवालले ‘बोर्ड प्रथम’ भएर कलेजको प्राज्ञिक उत्कृष्टताको प्रमाण पेस गरेकी छन् ।

प्रविधि र विज्ञानमा नयाँ फड्को
परम्परागत शिक्षण शैलीभन्दा माथि उठेर मेरिल्याण्डले पछिल्लो समय प्रविधि र विज्ञानमा ठूलो लगानी गरेको छ । गत वर्षदेखि सञ्चालनमा आएको विज्ञान संकायमा प्रदेशकै उत्कृष्ट प्रयोगशाला र अनुभवी प्राध्यापक टोली रहेको कलेजको दाबी छ ।

सूचना प्रविधिको महत्वलाई बुझ्दै कलेजले विश्वविख्यात अमेरिकी कम्पनी आइबिएम सँग सहकार्य गरेको छ । यसबाट विद्यार्थीले कम्प्युटर र आधुनिक सफ्टवेयरसम्बन्धी ज्ञानमा अन्तर्राष्ट्रिय स्तरको एक्सपोजर पाइरहेका छन् ।

कलेजको दुई दशक लामो यात्रालाई नियाल्दा यहाँको कठोर अनुशासन र विद्यार्थीको निरन्तर सुपरिवेक्षण नै सफलताको मुख्य कडी देखिन्छ । कलेजका प्रिन्सिपल लक्ष्मण ढकाल भन्छन्, ‘हाम्रो लागि सबैभन्दा ठूलो मापन यहाँबाट उत्पादित जनशक्ति नै हो । मेरिल्याण्डबाट दीक्षित विद्यार्थीहरू आज स्वदेश र विदेशका प्रतिष्ठित ओहोदामा सफल हुनु नै हाम्रो मुख्य सम्पत्ति हो ।’

अत्याधुनिक भौतिक संरचना, भयरहित वातावरण र प्रविधिमैत्री कक्षाकोठाले विद्यार्थीलाई अध्ययनमा थप प्रेरित गरिरहेको कलेज प्रशासन बताउँछ । प्लस टु, बीबीएस र सीएका लागि छुट्टाछुट्टै संकाय र विशिष्टीकृत टिम परिचालन भएका कारण पनि यहाँको नतिजा औसतभन्दा माथि रहने गरेको छ ।

पूर्वी नेपालको शैक्षिक विरासतलाई जोगाउँदै मेरिल्याण्डले आगामी दिनमा आफूलाई दक्षिण एसियाली स्तरकै उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको छ । गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजाको पर्याय बनेको यो संस्थाले विराटनगरलाई पुनः शैक्षिक राजधानीका रूपमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर