पूर्वाञ्चल खबर
श्री जनसहयोग माध्यमिक विद्यालय, इटहरी–२० तरहराको २०५० सालको एसएलसी समूहद्वारा आयोजित प्रतियोगितामा देशभरबाट प्राप्त ५४७ कवितामध्ये उत्कृष्ट १० रचनालाई अन्तिम चरणका लागि छनोट गरिएको थियो ।
प्रतियोगितामा मकवानपुरका सुवास सजल ‘चिडियाखाना’ शीर्षकको कवितासहित द्वितीय भए । उनले ४१ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गरे । त्यस्तै इलामका ऋजन मायालु ‘म बारुद भएको छु’ कवितासहित तृतीय हुँदै ३१ हजार ५५५ रुपैयाँ नगद जित्न सफल भए ।
अन्तिम चरणमा पुगेका अन्य प्रतिस्पर्धीहरू अनिल सुवेदी (धनकुटा), कल्पना मरासिनी (अर्घाखाँची), टीकाराम कार्की (मोरङ), प्रचुर अभाव (झापा), प्रज्ञा निरौला (सोलुखुम्बु), विश्वराम खत्री (भक्तपुर) र सवि मेवाहाङ (सुनसरी)लाई जनही ५ हजार ५५५ रुपैयाँ ‘सिर्जनशील पुरस्कार’ प्रदान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताका संयोजकका अनुसार कार्यक्रम स्वर्गीय नारायणप्रसाद पौडेलको स्मृतिमा गत वर्षदेखि सञ्चालन हुँदै आएको हो । कार्यक्रममा वरिष्ठ कवि मनप्रसाद सुब्बाको प्रमुख आतिथ्यता रहेको थियो ।
सोही अवसरमा महेशबाबु तिम्सिनाद्वारा लिखित कवितासंग्रह ‘अक्षरहरूको क्यानभास’ को विमोचनसमेत गरिएको थियो । कार्यक्रममा नेपाल तथा भारतका स्थापित कविहरूले समेत आफ्ना रचना वाचन गरेका थिए, जसले प्रतियोगितालाई थप साहित्यिक उचाइ दिएको आयोजकको भनाइ छ ।
कवि मनु मञ्जिलका अनुसार देशभरबाट प्राप्त ५४७ कवितामध्ये उत्कृष्ट १० जनालाई अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरिएको थियो । प्रतियोगिताको निर्णायक समितिमा कविहरू राजा पुनियानी, भूषिता वशिष्ठ र हेमन यात्री रहेका थिए ।
आयोजक समूहका अध्यक्ष सन्तोष श्रेष्ठका अनुसार आफ्ना दिवङ्गत मित्र नारायणप्रसाद पौडेलको स्मृतिमा गत वर्षदेखि उक्त प्रतियोगिता आयोजना गरिएको हो ।
कार्यक्रम संयोजक मुक्तिनाथ घिमिरेका अनुसार सोही कार्यक्रमको अवसरमा कविहरू राजा पुनियानी, देवान किराती, भूषिता वशिष्ठ, हेमन यात्री, चन्द्र गुरुङ, टीका आत्रेय र धीरज राईले कविता वाचन गरेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष एवं अग्रज साहित्यकार विवश पोखरेल, कवि मनु मञ्जिल, साहित्यकार भीमप्रसाद खतिवडा, बद्रीविशाल पोखरेल, गोकुल अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।