विराटनगर / पूर्व विजेता झापा ११ विराटनगरमा जारी विराट गोल्डकपको ३८ औ संस्करणमा उपाधि नजिक पुगेको छ ।
झापाले अहिले भर्खरै विराटनगरस्थित शहीद मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोलले पराजित गर्दैे उपाधि नजिक पुगेको हो । विहिबार घरेलु टोलीे सम्राट स्र्पाेटिङ क्लव र चचए व्वाइज युनाइटेड काठमाण्डौ विचको अन्तिम सेमिफाइनल विजेतासँग झापाले शनिबार उपाधिकालागि खेल्ने छ ।
झापाको जितमा फागुराम थारूले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ६७ औं मिनेटमा ‘सेकेण्ड बार’ च्यापेर गरेको कडा प्रहारले जाली चुमाउँदा झापाको जित सुनिश्चित भएको थियो ।
यस जितसँगै झापाले १० वर्षअघिको बदला समेत लिएको छ । २०७२ सालमा भएको विराट गोल्डकपको फाइनलमा झापा र पुलिस नै भिडेका थिए, जहाँ पुलिसले झापालाई १–० ले नै पराजित गरि उपाधि जितेको थियो । १० वर्षपछि सोही मैदान र सोही स्कोरमा पुलिसलाई पाखा लगाउँदै झापाले फाइनल यात्रा तय गरेको हो । खेलको प्यलेर अफ द म्याच झापा ११ का स्वलोमन किङ घोषित भए । उनले नगद ११ हजार पाए ।
खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो । सुरुवाती समयमा पुलिसले झापालाई दबाबमा राखे पनि आधा दर्जनभन्दा बढी अवसरलाई सदुपयोग गर्न सकेन । १८ औं मिनेटमा पुलिसका सञ्जीव लामाको प्रहार बाहिरिएको थियो भने लगत्तै प्रज्वल चौधरीको प्रहारले पनि दिशा लिन सकेन । २८ औं मिनेटमा सञ्जीव लामाले डिबक्स भित्रबाट गरेको कडा प्रहार बारमा लागेर फर्किएको थियो । ४० औं मिनेटमा धीरेन्द्र शाहको प्रहार पनि विफल हुँदा पुलिस अग्रता लिनबाट चुक्यो ।
चर्च ब्वाइजले विभागीय टोली एपीएफलाई १–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो भने सम्राट स्र्पोटिङले भारतको बिरसामुण्डा स्र्पाटिङ एकेडेमीलाई ३–१ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो । तस्वीरहरु पुष्पराज थपलिया