AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको शिक्षादीप कलेजका विद्यार्थीले जलबायु परिवर्तन सम्वन्धी गरे अनुसन्धान,शिक्षादीपको सम्मेलनमा ‘थोरियम’ समूह उत्कृष्ट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ चैत्र २०८२, आईतवार १६:४५
135
Shares
विराटनगर / विराटनगरको शिक्षादीप कलेजका ४५ विद्यार्थीले जलबायु परिवर्तन सम्वन्धी अनुसन्धान गरेका छन् ।

उनीहरुले गरेको अनुसन्धानको प्रस्तुती कलेजले विराटनगरमा आज आयोजना गरेको ‘चौथो जलवायु सम्मेलन’ मा विद्यार्थीहरूले अनुसन्धानमा आधारित प्रस्तुतिमार्फत वातावरणीय संकट समाधानका उपायहरू सुझाएका हुन् ।

कक्षा ११ को विज्ञान संकायमा अध्ययनरत ३ सयभन्दा बढी विद्यार्थीहरूमध्येबाट छनोट भएका ९ वटा समूहले सम्मेलनमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा ‘थोरियम’ समूह उत्कृष्ट घोषित हुँदै ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्‍यो । उक्त समूहमा प्रिया दर्नाल, एलिना भगत, काजल यादव, करुणा प्याकुरेल, सिमरन तिवारी र तनुजा कार्की सहभागी थिए ।

त्यस्तै, व्यक्तिगत विधातर्फ ‘प्लुटोनियम’ समूहका रिजु अधिकारी उत्कृष्ट ‘कन्टेन्ट मेकर’ र केशव झा उत्कृष्ट प्रस्तोता घोषित भए । सम्मेलनको मुख्य मूल्याङ्कनकर्तामा प्राडा शिवकुमार राई र सह–प्राध्यापक कुलप्रसाद लिम्बू रहेका थिए ।

सम्मेलनको उद्घाटन गर्दै कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले जलवायु परिवर्तनको गम्भीरतालाई बुझेर विद्यार्थीहरूले गरेको खोज र चिन्तन प्रशंसनीय रहेको बताए । उनले भने, ‘जलवायु परिवर्तनको सामना गर्न युवा पुस्ताको यस्तै सिर्जनशील सोच र वैज्ञानिक खोजको खाँचो छ । विद्यार्थीको यो योगदानले नीति निर्माण तहमा पनि ऊर्जा दिनेछ ।’

शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले विद्यार्थीलाई केवल किताबी ज्ञानमा मात्र सीमित नराखी विश्वव्यापी समस्यामा अनुसन्धान गर्न प्रेरित गरिएको बताए । ‘भोलि विश्व हाक्ने युवाले नै हो, त्यसैले उनीहरूलाई क्लाइमेट चेन्जका कारण र समाधानका उपायबारे रिसर्चमा आधारित रहेर बोल्न सक्ने बनाउन हामीले हरेक वर्ष यो सम्मेलन गर्दै आएका छौँ,’ उनले भने । विद्यार्थीले अनुसन्धान गरेको विषयलाई प्रदेश सरकारले आफ्नो प्राथमिकतामा पारेर आगामी दिनमा योजना निर्माण गर्ने उनले बताए।

कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका प्राडा बिजुकुमार थपलिया, मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र शिक्षा विकास तथा समन्वय एकाइ मोरङका प्रमुख शालिग्राम दाहाललगायतले विद्यार्थीहरूको खोजमूलक कार्यले वातावरणीय सचेतना फैलाउन ठुलो मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जलबायु परिवर्तनले विश्वलाई भयाभह अवस्था बनाएको बताए । विद्यार्थीले जलबायु परिवर्तनका विभिन्न विषयहरुमा अनुसन्धान गर्दै आएको उनले बताए। प्रिन्सिपल खड्काले मानव सभ्यता जोगाउने काम अब विद्यार्थीको काँधमा आएको बताए।

जलबायु सम्मेलनका की–स्पीकर सहप्राध्यापक कुलप्रसाद लिम्वुले विद्यार्थीलाई उत्प्रेरणा हुने गरिका विभिन्न क्षेत्रमा गरिएको अनुसन्धान सम्वन्धी प्रस्तुती दिए । उनले विभिन्न क्षेत्रमा सीप बढाउन विद्यार्थीलाई आग्रह गरे। उनले अनुसन्धान गरिएको विषय विश्वसनिय हुनुपर्ने बताए।

कलेजले विगत चार वर्षदेखि नियमित रूपमा आयोजना गर्दै आएको यस सम्मेलनले विद्यार्थीहरूमा वैज्ञानिक सोच र सामाजिक उत्तरदायित्वको भावना विकास गराएको आयोजकको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर