AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एइइको परीक्षामा चिट चोराएको आरोपमा सहायक केन्द्राध्यक्ष पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ चैत्र २०८२, बिहीबार १७:५७
180
Shares
विराटनगर / एइइको परीक्षामा चिट चोराएको आरोपमा प्रहरीले एक जना सहायक केन्द्राध्यक्षलाई पक्राउ गरेको छ ।

मोरङको ग्रामथान–६ स्थित पब्लिक माध्यमिक विद्यालय परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्ष प्रेमलाल माझीलाई प्रहरीले आज नियन्त्रणमा लिएको हो ।

आज भएको लेखा विषयको परीक्षाका क्रममा माझीले मोबाइल फोन प्रयोग गरी प्रश्नपत्रको फोटो खिचेर बाहिर पठाएको पाइएपछि उनलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

परीक्षाको मर्यादाविपरीत प्रश्नपत्र आउट गरेर विद्यार्थीलाई अवैध रूपमा सहयोग गरेको फेला परेपछि माझीलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले बताए । इप्रका बेलबारीले पक्राउ परेका माझीलाई शिक्षा ऐन तथा परीक्षा सम्बन्धी कसुर अन्तर्गत कानुनी प्रक्रिया अगाडि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर