AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

२३ गते घटेको घटनामा मात्र सीमित नरही २४ गते सम्बन्धित घटनाका योजनाकारहरूमाथि निष्पक्ष कारबाही हुनुपर्ने हर्क साम्पाङको माग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ चैत्र २०८२, आईतवार ०८:१४
99
Shares
विराटनगर / संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ (हर्कराज राई(ले भदौ २३ र २४ गतेसँग सम्बन्धित घटनाका योजनाकारहरूमाथि निष्पक्ष कारबाही हुनुपर्ने माग पनि गरेका छन् ।

राज्य सञ्चालन गर्ने उच्च तहका व्यक्तिहरू शारीरिक र मानसिक रूपमा पूर्ण हिसाबले सक्षम र जिम्मेवार हुनुपर्ने आशय साम्पाङको छ । उनले जेनजी आन्दोलनसँग जोडिएका घटनाक्रमका बारेमा पनि आफ्नो धारणा स्पष्ट पारेका छन् ।

साम्पाङले आफू कसैको पक्ष वा विपक्षमा नभई न्यायको पक्षमा र अन्याय तथा विभेदको विपक्षमा उभिने बताएका छन् ।उनले डिस्कर्डजस्ता माध्यममा योजना बनाइ भदौ २३ र २४ गतेका घटना गराउने तथा देशमा अशान्ति फैलाउने प्रयास गर्ने सबै व्यक्तिहरूमाथि कानुनी कारबाही हुनुपर्ने माग गरेका छन् ।

साम्पाङले २३ गते घटेको घटनामा मात्र सीमित नरही २४ गते देशलाई अस्थिर बनाउने योजनामा संलग्न व्यक्तिहरूलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्नेमा जोड दिएका हुन् । ‘कुनै पनि प्रकारको हिंसा, विभेद वा अराजक गतिविधिलाई छुट दिनु हुँदैन । सबैलाई समान रूपमा कानुनी कठघरामा ल्याइनुपर्छ,’ उनले भने ।

साम्पाङको अभिव्यक्तिले जेनजी आन्दोलनको घटनाक्रममा निष्पक्ष अनुसन्धान र कारबाहीको मागलाई थप बल दिएको छ । विभिन्न कोणबाट उठिरहेका आरोप प्रत्यारोपबीच उनले सबै पक्षलाई समेटेर न्यायिक प्रक्रियामा ल्याउनुपर्ने सन्देश दिएका हुन् । साम्पाङले घटनालाई एकपक्षीय रूपमा हेर्न नहुने चेतावनी बारम्बार दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर