AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

हिजो पक्राउ परेका ओली र लेखकलाई आज अदालत खुल्नासाथ उपस्थित गराइने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ चैत्र २०८२, आईतवार ०७:५३
63
Shares
काठमाण्डौ /जेनजी आन्दोलनमा दमन गरेको आरोपमा हिजो पक्राउ परेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई आज काठमाण्डौ जिल्ला अदालत लगिँदै छ ।

आज भने दुवै नेतालाई आज अदालत खुल्नासाथ उपस्थित गराइने प्रहरीले जनाएको छ । हिजो सार्वजनिक बिदा भएकाले अदालत उपस्थित नगराइएको प्रहरीले जनाएको छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि चैत १३ गते गठन भएको प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो । चैत १४ गते बिहान झिसमिसेमै प्रहरीले ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट र लेखकलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट नियन्त्रणमा लिएको थियो । ओली र लेखक पक्राउ परेपछि काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाहरुमा एमाले–कांग्रेस कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका थिए ।

गत भदौ २३ र २४ गते जेनजी पुस्ताको प्रदर्शन हिंसात्मक बन्दा तीन जना प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो । उक्त घटनामा दुई हजार चार सयभन्दा बढी प्रदर्शनकारी गम्भीर घाइते भएका थिए । प्रदर्शनको क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन, प्रहरी कार्यालय, व्यापारिक प्रतिष्ठान तथा निजी निवासमा समेत आगजनी तोडफोड लुटपाट भएको थियो ।

सो घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखकसहित जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई दोषी ठहर्‍याउँदै कारबाही सिफारिस गरेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर