AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पेट्रोलमा १५ रुपैयाँ र डिजेलमट्टितेलमा १० रुपैयाँ बढ्यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ चैत्र २०८२, सोमबार ०८:२०
117
Shares
विराटनगर / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा १५ रुपैयाँ र डिजेलमट्टितेलमा १० रुपैयाँ बढाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि अनुसार इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको निगमले जनाएको छ । यद्यपि कर्पोरेशनले पठाएको दर कायम नगरी बिक्री गर्दा केहि रकम मूल्य स्थिरीकरण कोषबाट व्यहोर्ने गरी मूल्य तोकिएको छ ।

अब पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ र डिजेल प्रतिलिटर १५२ रुपैयाँ पुगेको छ । यसअघि पेट्रोलको मूल्य लिटरमा १५७ र डिजेलको १४२ रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा भएको आकस्मिक मूल्य वृद्धिका कारण मूल्य कम हुनासाथ तत्काल मूल्य घटाउने रणनीति लिनेसमेत निगमले जनाएको छ । हालको मूल्य वृद्धिपश्चात पनि निगमलाई १५ दिनमा ३ अर्ब ९३ करोड रुपैयाँ घाटा हुनेसमेत निगमले जनाएको छ ।
निगमतले अमेरिका–इजरायल–इरान तनावबीच देखिएको अन्तर्राष्ट्रिय परिस्थितिका कारण मूल्य वृद्धि गर्नुपरेको जनाएको छ ।

‘यस विषम परिस्थितिबीच नेपाल आयल निगम लिमिटेडले बाध्यतावश पेट्रोलियम पदार्थको मूल्य अपेक्षाभन्दा बढाउनुपरेको छ,’ निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यसबाट आम उपभोक्ता लगायत सरोकारवालामा पर्ने असरप्रति निगम सचेत र संवदेनशील छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर