ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एमाले माेरङ अधिवेशन : मतगणना शुरू

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ फाल्गुन २०८१, बिहीबार १५:१८
405
Shares
विराटनगर /नेकपा एमाले मोरङको १० औ अधिवेशन अन्तर्गत हिजो सम्पन्न निर्वाचनको मतगणना शुरू भएको छ ।

पदाधिकारी र सदस्यहरूको एकै पटक मतगणना शुरू गरिएको छ । नयाँ नेतृत्व चयनका लागि ८ सय ८८ जनाले मतदान गरेका छन् ।

पदाधिकारीमा संस्थापन समूहबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र इर्जालाल राजवंशी र संस्थापन इतर समूहबाट अध्यक्षमा अजम्वर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा उषा झा र सन्तोष वान्तबा प्रतिष्पर्धामा छन् ।

निर्वाचनबाट १६५ जना निर्वाचित हुने छन् । ७१ जना निर्विरोध निर्वाचित भएका छन् ।

५ पदाधिकारी सहित ९४ पदका लागि १ सय ९१ चुनावी मैदानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर