AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

तराईको जनजीवनको सजीव दस्तावेज ‘घुरको धुवाँ’ विराटनगरमा पुस्तक विमर्श

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ फाल्गुन २०८२, शुक्रबार १८:४२
54
Shares
विराटनगर /अग्रज साहित्यकार तथा पत्रकार राजेश खनालद्वारा लिखित संस्मरणात्मक कृति ‘घुरको धुवाँ’ माथि विराटनगरमा साहित्यिक विमर्श सम्पन्न भएको छ ।

नेपाली लेखक संघ कोशी प्रदेशको आयोजनामा सम्पन्न कार्यक्रममा हालै प्रकाशित उक्त कृतिको विषयवस्तु, शैली र त्यसले उजागर गरेको तराईको सामाजिक यथार्थबारे विभिन्न साहित्यकार र समालोचकहरूले विस्तृत चर्चा गरेका थिए ।

कार्यक्रमका प्रमुख वक्ता वरिष्ठ साहित्यकार तथा समालोचक गोपालभण्डारीले ‘घुरको धुवाँ’ तराईको ग्रामीण जीवनलाई अत्यन्त जीवन्तढङ्गले प्रस्तुत गर्ने कृति भएको टिप्पणी गरे । उनका अनुसार पुस्तकले गाउँको परिवेश, संस्कार, संघर्ष र मानिसहरूको आत्मीय सम्बन्धलाई संस्मरणात्मक शैलीमा प्रभावकारी रूपमा उजागर गरेको छ ।

त्यसैगरी समालोचक भूषण ढुङ्गेलले लेखकले आफ्ना अनुभव र स्मृतिलाई कथात्मक प्रवाहमा प्रस्तुत गर्दै तराईको जनजीवनलाई टपक्कै टिपेको बताए। उनकाअनुसार कृतिमा ग्रामीण जीवनका साना–सानाघटनाहरूलाई समेटेर त्यसलाई व्यापक सामाजिक सन्दर्भसँग जोड्ने प्रयास गरिएको छ ।

साहित्यकार निर्मला कोइरालाले तराईको ग्रामीण समाज, संस्कृति र त्यहाँको जीवनशैली बुझ्न चाहने पाठककालागि ‘घुरको धुवाँ’अत्यन्त महत्वपूर्ण कृति भएको उल्लेख गरिन् । उनले पुस्तकले ग्रामीण परिवेशमा हुर्केका मानिसहरूको संवेदना र संघर्षलाई सशक्तढङ्गले अभिव्यक्त गरेको धारणा राखिन् ।

प्राध्यापक कविराज न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्षसमेत रहेका आयोजक समितिका सल्लाहकार विवश पोखरेल, नेपाली लेखक संघ कोशी प्रदेशका अध्यक्ष गोकुलअधिकारी, महासचिव मीनकुमार नवोदितलगायतले पनि कृतिको महत्वबारे धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर