AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एमालेको इतिहासमै प्रत्यक्षतर्फ उठेका सबै पदाधिकारी पराजित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ फाल्गुन २०८२, सोमबार ०८:१४
162
Shares
विराटनगर/ फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेले इतिहासकै प्रत्यक्षतर्फ उठेका सबै पदाधिकारी पराजित भएका छन्।

एमालेबाट प्रत्यक्षतर्फ उठेका सवै उम्मेदवार पराजित भएका छन् । मतगणनाको परिणाम आइरहँदा प्रत्यक्षमा उठेका सबै पदाधिकारी पराजित भएका हुन् ।

०७९ मंसिरमा भएको निर्वाचनमा सबैभन्दा लोकप्रिय मत प्राप्त गरेको एमालेका सबै पदाधिकारी यस निर्वाचनमा पराजित भएसँगै इतिहासकै प्रत्यक्षतर्फ उठेका सबै पदाधिकारी पराजित भएका हुन्।

आइतबारसम्मको मतगणना परिणामअनुसार भोजपुरमा सचिव शेरधन राई आफ्नै पूर्वकार्यकर्ता ध्रुवराज राईसँग पराजित भएका छन् । झापा ५ बाट चुनावी प्रतिस्पर्धामा रहेका अध्यक्ष केपी शर्मा ओली रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहसँग ४९ हजार मतले हारिसकेका छन् ।

एमालेमा शक्तिशाली रहेर धेरै निर्वाचनमा रुपन्देहीबाट जित हासिल गर्दै आएका उपाध्यक्ष विष्णु पौडेलले यसपटक नराम्रोसँग पराजय भोगेका छन् । रुपन्देही २ मा भएको प्रतिस्पर्धामा रास्वपाका सुलभ खरेलले ४३ हजार ६८९ मतले पौडेललाई पराजित गरेका छन् ।

अर्का एमालेका शक्तिशाली महासचिव शंकर पोख्रेल फराकिलो मतले पराजित भइसकेका छन् । उनलाई रास्वपाका विपिन आचार्यले हराएका हुन् ।

अर्का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ पनि पराजित भएका छन् । लमजुङमा उम्मेदवार रहेका गुरुङलाई रास्वपाका धर्मराज केसीले हराइदिएका छन्।

गुल्मी २ बाट सधैँ विजयी हुँदै आएका एमाले उपाध्यक्ष गोकर्ण विष्टले यसपटक हार व्यहोरेका छन् । रास्वपाका उम्मेदवार एवम् पूर्वडीएसपी गोविन्द पन्थीले १६ हजार ९६७ मत ल्याउँदा विष्टले १६ हजार ४०६ मत मात्रै ल्याए ।

जेन–जी आन्दोलनपछि उनीहरूलाई प्रतिवाद गर्दै पार्टीलाई फेरि मूलधारमा फर्काउन महत्वपूर्ण भूमिका खेलेका एमाले सचिव महेश बस्नेतले पनि भक्तपुर २ मा हार व्यहोरेका छन् ।

उक्त निर्वाचन क्षेत्रबाट रास्वपाका राजीव खत्रीले ३४ हजार ७०२ मत ल्याउँदा बस्नेतले जम्मा ८ हजार ३५१ मत ल्याएका छन् । मतगणनाकै क्रममा रहे बस्नेतको हार निश्चित देखिएको छ । उनले हार स्वीकारिसकेका छन् ।

त्यस्तै काठमाडौं ४ मा उम्मेदवार रहेका अर्का सचिव डा. राजन भट्टराई रास्वपाका उम्मेदवार पुकार बमसँग २० हजार ३९८ मतले पराजित भएका छन् । उता तेह्रथुममा अर्का सचिव भानुभक्त ढकाल पनि नेपाली कांग्रेसका सन्तोष सुब्बासँग पराजित भइसकेका छन् ।

भोजपुरमा एमाले कोशी इन्चार्जसमेत रहेका शेरधन दुई महिनाअघिसम्म एमालेमै रहेका ध्रुवराज राईसँग हार्न पुगे । उनलाई ‘माटो’ चुनाव चिह्नबाट उम्मेदवारी दिएका ध्रुवराज राईले हराएका हुन् ।

अन्तिम मतपरिणाम अनुसार राईले १६ हजार ६६३ मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा ९एमाले० का उम्मेदवार एवम् कोशीका पूर्वमुख्यमन्त्री शेरधन राईले १४ हजार ७५० मत प्राप्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर