नागरिक मैत्री सेवा र मानव अधिकार बिशेष अनुशिक्षण तालीम सुरु
पूर्वाञ्चल खबर
३ बैशाख २०७४, आईतवार २१:४७
3
Shares
विराटनगर, ३ वैशाख विराटनगरमा आइतबारदेखि मोरंग जिल्लामा कार्यरत प्रहरीका लागी नागरिक मैत्री सेवा र मानव अधिकार बिशेष अनुशिक्षण तालीम सुरु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरंगको आयोजनामा मातहतमा कार्यरत प्रहरी हवल्दार र जवानहरुका लागी सातौं चरणको तालिम सुरु भएको हो । तालिमको जिल्ला प्रहरी कार्यालय मोरंगका प्रहरी प्रमुख सन्दीप भण्डारीले उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा अनुशिक्षण तालीमका प्रमुख प्रशिक्षक प्रहरी निरीक्षक जमुनाकुमारी बस्नेतले तालीम सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेकि थिइन् । तालीममा प्रहरी हवल्दार १० तथा प्रहरी जवान २७ जना गरी जम्मा ३७ जना प्रशिक्षार्थीहरूको सहभागीता रहेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङमा ७ चरणमा सञ्चालन हुने तालीममा जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत समेतबाट गरी जम्मा २ सय ६० जना प्रहरी कर्मचारीहरूले नागरिक मैत्री सेवा र मानव अधिकार तालीम हासिल गर्ने छन् ।
यस अघि २ चरणमा भिड नियन्त्रण, ५ चरणमा अपराध नियन्त्रण तथा अनुसन्धान, ४ चरणमा सुरक्षा नियन्त्रण र ६ चरणमा नागरिक मैत्री सेवा र मानव अधिकार बिशेष अनुशिक्षण कार्यक्रम (घुम्ति प्रशिक्षण) तालीम सम्पन्न भएको थियो । नेपाल प्रहरीको अन द जब ट्रेनिंग अन्तर्गत मोरङ प्रहरीले पनि निरन्तर रूपमा तालीम संचालन गरी प्रहरी कर्मचारीहरूलाई दक्ष बनाउने कार्य गर्दै आएकोछ ।