AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

आन्तरिक लोकतन्त्र कमजोर भएको भन्दै रास्वापा परित्याग गरि एमाले प्रवेश गरे न्यौपाने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ फाल्गुन २०८२, शनिबार १६:४६
180
Shares
विराटनगर / राष्ट्रिय स्वतन्त्र पार्टीका कोशी प्रदेश सदस्य ठगेन्द्रप्रसाद न्यौपाने पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका छन् ।

शुक्रबार राति औपचारिक रूपमा एमाले प्रवेश गरेका न्यौपानेले देश र लोकतन्त्रको हितलाई प्राथमिकता दिँदै आफूले नयाँ राजनीतिक यात्रा सुरु गरेको बताएका हुन् ।

आज विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले देशलाई विनासतर्फ धकेल्ने शक्तिसँग बसिरहनु भन्दा राष्ट्र निर्माणको स्पष्ट दृष्टिकोण बोकेको दल रोज्नु आफ्नो कर्तव्य ठानेको बताए । “म देश बचाउने अभियानमा लाग्न चाहन्छु, त्यसैले एमाले रोजेको हुँ,” उनले स्पष्ट शब्दमा भने ।

न्यौपानेका अनुसार एमालेको राष्ट्रवादी विचार, संगठनात्मक मजबुती र स्वाभिमानी राजनीतिक धारले आफूलाई आकर्षित गरेको हो । “एमालेले राष्ट्रियता, स्थिरता र विकासलाई केन्द्रमा राखेर राजनीति गरिरहेको छ, यही कारण मैले यो निर्णय लिएँ,” उनले बताए ।

यस क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति गम्भीर असन्तुष्टि पनि व्यक्त गरे । पार्टी एक व्यक्तिको नियन्त्रणमा सीमित भएको र अदृश्य विदेशी प्रभावबाट सञ्चालन भएको आरोप लगाउँदै उनले पार्टीको आन्तरिक लोकतन्त्र कमजोर भएको टिप्पणी गरे । “पार्टी सही दिशामा नहिँडेको मैले नजिकबाट महसुस गरेँ । बेलैमा सही निर्णय लिनु आवश्यक ठानेर बाहिरिएको हुँ,” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर