AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

अभिभावकलाई विभिन्न परियोजनाको अवलोकन गराएर विराटनगरको एभरेष्ट शैक्षिक प्रदर्शनी सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ फाल्गुन २०८२, बुधबार १९:०४
81
Shares
विराटनगर / विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा हिजोदेखि भएको शैक्षिक प्रदर्शनी आज सम्पन्न भएको छ ।

मंगलबार एल केजीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुले आ–आफ्नो प्रदर्शनी गरेका थिए भने आज कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले गरेका हुन् । वर्षभरि पाठ्यक्रममा पढेका विषयवस्तुहरूलाई व्यवहारिक रुपमा विभिन्न परियोजना मार्फत विद्यार्थीहरुले सक्षमता प्रस्तुत गरेका हुन् । विभिन्न विषयका परियोजनाहरु अभिभावकलाई अवलोकन गराउँदै विद्यार्थीहरुले आफ्ना परियोजनाहरुको विषयमा जानकारी गराएका थिए ।

कृयाकलापमा आधारित सिकाई पद्धति अवलम्वन गर्दै आएको एभरेष्ट स्कुलले विद्यार्थीलाई हरेक विषयमा ६–६ वटा परियोजना बनाउन लगाएको थियो । भाइस प्रिन्सिपल टीएन भण्डारीका अनुसार गणित, नेपाली, सामाजिक शिक्षा, विज्ञान, अंग्रेजी, कम्प्यूटर, कला तथा कारखाना विज्ञानका विषयका पाठ्यक्रममा आधारित विषयवस्तुहरूलाई विद्यार्थीहरुले विभिन्न प्रोजेक्ट बनाएका हुन् । जहाँ नेपाली संस्कृति, भौगोलिक अवस्थिति देखि विज्ञानका नविन आविस्कारहरुको समेत परियोजनाहरु विद्यार्थीले प्रस्तुत गरेका छन् ।

विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले विद्यार्थीले साच्चै सिकेको छ कि छैन भन्ने बुझ्नको लागि पनि प्रदर्शनी प्रभावकारी भएको बताए। विद्यार्थीहरुका हरेक परियोजना र त्यसको बिषयमा विद्यार्थीले गर्ने ब्याख्या सुन्नुभएका उनले विद्यार्थीले सक्षमता प्रस्तुत गरेको बताए। उनले भने,‘जति पनि परियोजना छन्, त्यसमा उनीहरुले गरेको मेहनत छ, जसरी परियोजनाका विषयमा बुझेर बुझाएका छन् यसले सक्षमता पुष्टि हुने बताए।

प्रिन्सिपल पुरीले कृयाकलापमा आधारित अध्यापन भनेकै यहि हो भन्दै उनले यसले विद्यार्थीमा हौसला थपिने, आत्मविश्वास बढ्ने, सामुहिक कृयाकलाप गर्न प्रेरित गर्ने मात्र नभई तार्किक समेत बनाउने बताए।

यस्तै अभिभावक धर्मराज ढकालले एभरेष्टको शैक्षिक प्रदर्शनी हेरेपछि विद्यालयले गरेको मेहनत स्पष्ट हुने बताए । उनले भने, दर्जनौं प्रोजेक्टहरू हेर्दा यहाँका विद्यार्थीले विश्वसँग प्रतिष्पर्धा गर्न सक्छन् भन्ने अनुभूति भयो ।’

त्यसो त विद्यार्थीहरूसमेत आफ्ना परियोजनाहरु आफ्ना अभिभावकलाई देखाउन पाउँदा अत्यन्तै खुसी भएका छन् । कक्षा ७ की आरोही रायले यो प्रदर्शनीले नयाँ नयाँ कुराहरु सिकाएको बताइन्। अझ परियोजना अभिभावकलाई बुझाउँदा सञ्चार गर्ने कला समेत अभिवृद्धि भएको छ । यस्तै अर्की छात्रा अविशा भण्डारीले हरेक वर्ष एभरेष्टले गर्ने शैक्षिक प्रदर्शनीले नयाँ–नयाँ कुरा सिक्न अवसर प्रदान गरेको बताइन् । छात्र अनमोल बरालले भने प्रदर्शनीमा आफूहरुले गरेको मेहनत अभिभावकले अवलोकन गरेर प्रशंशा गरिदिँदा अत्यन्तै उर्जा थपिएको बताए ।

विद्यार्थीहरुले परियोजनाको ब्रिफिङ सँगै अभिभावकहरुलाई विभिन्न खेल खेलाउँदै उपहार दिँदै मनोरञ्जन गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर