पूर्वाञ्चल खबर
निर्वाचन आचारसंहिताले प्रचार प्रसारको काम फागुन ४ बाट मात्र गर्ने तय भएकाले अहिले मतदातासँग सुझाव लिईरहेका हुन् । ढकालले आज विराटनगर–१२ का मतदातालाई भेट्न जाँदै गर्दा कार्यकर्ता भने निकै उत्साही देखिएका थिए । एमालेमा देखिएको एकता र जनताले चाहेको परिवर्तनको वाहकको रुपमा ढकाललाई जनताले बुझेको उनीहरुको भनाई छ ।
विराटनगर महानगर कमिटीका अध्यक्ष बलराम गिरी नविनले भने,‘ मोरङ– ६ का जनताको रोजाईमा विनोद ढकाल नै पेर्ने बताए। त्यसो त एमाले मोरङका उपाध्यक्ष सागर थापाले मोरङ– ६ मा मात्र नभई जिल्लामा नै विगतको भन्दा राम्रो परिणाम आउने दावी गरे। एमालेका प्रभावशाली नेताका रुपमा चिनिने ढकाललाई मतदाताले समेत अवसरको सहि सदुपयोग गर्नुहोला भन्ने सुझाव दिने गरेको ढकालसँगै चुनावी अभियानमा हिडेका नविन पहाडीले बताए।