सुनसरी, २ बैशाख / सुनसरीको ईटहरी उपमहानगरपलिका – १७ बाट प्रहरीले ९ सय ९० किलो सुर्ती सहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी भोक्राहा २ बस्ने २६ बर्षिय अरिफ अन्सरी, सोही ठाउँका १६ बर्षिय खुरसजित शेखर १९ बर्षिय तमिट अन्सारी रहेका छन् ।
चेकजाँच गर्ने क्रममा उनीसहरु सवार को १ज २८७३ नम्बरको बलेरोबाट २२ किलोको दरले ४५ बोरा ९ सय ९० किलो सुर्ती बरामद भएको प्रहरीलके जनाएको छ । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीको टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा उनीहरुलाई उक्त सुर्ती्लिएर पकलीबाट दक्षिणतर्फ जाँदै गर्दा पक्राउ गरेको हो ।
सुर्तीसहित पक्राउ परेका मानिसहरुलाई इलाका प्रहरी कर्यालय पकलीमा राखी थप अनुसन्धान भइरहेको छ भने बलेरोका चालक फरार रहेकाले खोजी भइरहेको छ ।