AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पञ्चमुखीयुवा समाजद्वारा ४१० जनाविद्यार्थीलाई स्टेशनरी सामग्रीवितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ माघ २०८२, शुक्रबार १८:५७
135
Shares
विराटनगर/विराटनगर–१२ स्थित पञ्चमुखीयुवा समाजले तिहारमा देउसीभैलोबाट संकलित रकमबाट विद्यार्थीलाई स्टेशनरी सामग्रीवितरण गरेको छ ।

विराटनगर–१२ अवस्थित दुईवटा विद्यालयका ४१० जनाविद्यार्थीलाई कपी, डठपेन र पेन्सिल वितरण गरिएको समाजका अध्यक्ष लाक्पा लामाले जानकारी दिए । सहिद दिवसको अवसर पारेर विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको लामाको भनाइ थियो ।

उनका अनुसार मलङ्गुवास्थित जनता बालकल्याण आधारभूत विद्यालयका ११० जनाविद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरिएको थियो । विद्यालयकी प्रधानाध्यापक इमा ओझाले समाजलाई धन्यवाद दिएकी थिइन् ।

त्यस्तै दरैयास्थित जनता आधारभूत विद्यालय दरैयाका ३ सय जनालाई पनि स्टेशनरी सामग्री वितरण गरिएको लामाले बताए । विद्यालयका प्रधानाध्यापक ओम ढकालको उपस्थितिमा अध्यक्ष लामासहित सचिव गौतम कामत र कोषाध्यक्ष रमिला कोइरालाले स्टेशनरी सामग्री प्रदान गरेका थिए ।

देउसी भैलोबाट संकलित रकमले वनभोजलगायत काकार्यक्रम गरेर अनावश्यक खर्च गर्नुभन्दा विद्यार्थीको पठनपाठनमा सहजहोस् भनेर स्टेशनरी सामग्री प्रदान गरिएको लामाको भनाइ थियो । दुवै विद्यालयमा सीमान्तकृत र विपन्न समुदायका बालबालिका अध्ययन गर्दछन् । करिब १८ हजार मूल्य बराबरको सामग्री प्रदान गरिएको समाजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर