AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

शिक्षादिप र कान्तिपुर विजयी हुँदै हिसान क्रिकेटको फाइनलमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ माघ २०८२, बिहीबार १७:५८
270
Shares
विराटनगर / उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत हिसान क्रिकेटको सेमिफाइलमा विजयी हुँदै शिक्षादिप कलेज र कान्तिपुर कलेज फाइनलमा प्रवेश गरेका छन् ।

जुट मिल मैदानमा आज भएको पहिलो खेलमा शिक्षादिप कलेजले अर्किड कलेजलाई २ रनले पराजित गरि फाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङको गरेको शिक्षादिपले निर्धारित २० ओभरको खेलमा १७ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय ३ रनकोे योगफल तयार पारेको थियो । शिक्षादिपका सोनुकुमार सिंहले सर्वाधिक अविजित ३५ रनको योगदान दिए । अर्किडका कृष्ण यादवले २ विकेट लिँदा नन्दकिशोर यादव र मैसम ठाकुरले पनि २–२ विकेट लिए ।

जवाफमा १ सय ४ रनको लक्ष्य पाएको अर्किडले १७ दशमलव २ बलमा सवै विकेट गुमाई १ सय १ रन मात्र जोड्न सक्यो । अर्किडका श्रेयस दाहालले सर्वाधिक अविजित २० रनको योगदान दिए । शिक्षादिपका प्लेयर अफ म्याच सोनुकुमार सिंहले ४ ओभरमा १३ रन दिए ५ विकेट लिए ।

दोस्रो खेलमा कान्तिपुर कलेजले अरनिको कलेजलाई १५ रनको फराकिलो अन्तरले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको । टस जितेर ब्याटिङको गरेको कान्तिपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ३० रनको योगफल तयार पारेको थियो । कान्तिपुरका सिताराम कामतले सर्वाधिक २६ रनको योगदान दिए । अरनिकोका साजन यादवले २ विकेट लिँदा अविशेक मण्डल र साइस्वर कोइरालाले २–२ विकेट लिए ।

जवाफमा १ सय ३१ रनको लक्ष्य पाएको अरनिकोले पुरै ओभर खेल्दै ७ विकेट गमाई १ सय १५ रन मात्र बनाउँन सक्यो ।अरनिकोका रोनक राजपुतले सर्वाधिक २१ रनको योगदान दिए । कान्तिपुरका प्लेयर अफ म्याच अरविन्द मण्डलले २ विकेट लिँदा राजन यादवले पनि २ विकेट लिए । फाइनल खेल शुक्रबार हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर